१५ असार २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरि

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृह मन्त्रालयले प्रभातफेरि निकालेको छ।

दिवसको अवसरमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मुल आयोजक समितिले काठमाडौँको आर्मी अफिर्सस क्लबबाट प्रभातफेरि निकालेको हो।

गृहमन्त्री रवि लामिछाने पनि उक्त प्रभातफेरिमा सहभागी थिए।

विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ।

तस्बिरमा हेरौं प्रभातफेरिका केही झलकहरूः

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App