८ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नगरपालिकामा ३२ बेडको आइसोलेसन सेन्टर व्यवस्थापन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार पारेको आइसोलेसन सेन्टर । तस्बिर : दमन राई/नागरिक

कोभिड–१९ का संक्रमितलाई लक्षित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । दिनानुदिन कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।

नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र ५ जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलव्ध गराउन मिल्नेगरी बिना अक्सिजनको आइसोलेसन सेन्टर निर्माण गरेको हो । कोभिड–१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेसन सेन्टर निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।  

आयुर्वेद स्वास्थ्य केन्द्र्रको ठूलो हलमा पुरुष र अर्को सानो कोठामा महिलालाई राख्नेगरी बेड मिलाइएको छ । नेपाली सेनाले नगरपालिकाले उपलव्ध गराएको सामग्रीबाट दुई दिन लगाएर आइसोलेसन सेन्टर तयार पारेको हो । नरपालिकाभित्र फेला परेका संक्रमितलाई सोही आइसोलेसनमा लगेर उपचारमा राखिने छ । हाल बेड मात्र राखिएको आइसोसेलन सेन्टरमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्था गरिने मेयर रिजालले बताए । आइसोसेलन सेन्टरमा विद्युत र पानी व्यवस्थापनको भने कमि देखिएको छ ।  

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकको निर्णय नगरपालिकाले आइसोसेलन सेन्टरको तयारी गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लाका १० स्थानीय तहमध्ये नगरपालिकालाई ३० बेडको र गाउँपालिकालाई २० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । यस्तै, स्वास्थ्य सुरक्षाका सामग्रीहरुको आपुर्ती व्यवस्था मिलाई तयारी अवस्थामा रहन, भिटिएम तथा एन्टीजेन टेष्ट किटको स्टक व्यवस्थापन गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था मिलाउनु भनिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।  

यस्तै, स्थानीय तहले नाका वा सिमाना पार गरी भित्रिने यात्रु तथा व्यक्तिको एन्टीजेन परिक्षण गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य सुरक्षा सावधानी तथा भौतिक दूरी कायम गर्न जनचेतनामुलक कार्यक्रम र सन्देश प्रवाह गर्ने/गराउनु पर्ने जनाइएको छ ।

प्रकाशित: १५ वैशाख २०७८ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App