६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चाँंगुनारायणको आइसोलेसन केन्द्रमा विरामी राख्न सुरु

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आइसोलेसन केन्द्रमा कोभिडका विरामी वस्न सुरु भएको छ । पहिलो पटक चाँंगुनारायण नगरपालिका वडा ६ खरिपाटी नगरकोटमा पसल भएका काभ्रेको मण्डन देउपुर नगरपालिकाका एक जोडी दम्पती वस्न सुरु भएको हो । अहिलेसम्म त्यहाँं चार जना विरामी वस्न थालेका छन् । अर्का दुई जना पनि एउटै परिवारका आमा छोरा रहेको जनाइएको छ ।  

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले चाँंगुनारायण नगरपालिकाको व्यवस्थित एकान्तवास केन्द्र (कोभिड १९ आइसोलेसन सेन्टर) को रुपमा सञ्चालनमा आएको जनाए । केन्द्र राख्नका लागि नेकले आफनो कार्यक्रम हललाई प्रयोग गर्न दिएको उनले स्पष्ट पारे । चाँंगुनारायण नगरपालिका खरिपाटी भक्तपुर, बागमति प्रदेश नेपालले आइसोलेसन केन्द्रको वन्दावस्त गरेको उनले जनाए ।  

आइसोलेसन केन्द्र केही दिन अगाडि नै तयार भएको थियो । तर पनि पानी र शौचालयको पर्याप्त व्यवस्था नरहेकोले विरामीहरु बुधबारदेखि मात्रै राख्न थालेको हो । हाल पहिलो चरणमा ४३ पुरुष र सात जना महिलाका लागि वेड तयार भएको छ ।  

नेकको सहकार्यमा त्यहाँं आइसोलेसन केन्द्र राखिएको हो । त्यसको संयोजनको जिम्मेबारी नेकलाई दिएको छ । नेकले त्यसका लागि स्थानीय कर्मचारी मनोहर खनाललाई जिम्मेबारी सुम्पेको छ । जिम्मेबारीकर्ता खनालले विरामीले खानाको लागि आफूले नै पैसा तिर्नुपर्ने बताए । त्यसबाहेकका अरु सेवासुविधा निःशुल्क पाउने उनले स्पष्ट पारे ।

आइसोलेसन केन्द्रको सुरक्षाका लागि नेपाली सेना खटिने जनाइएको छ । त्यसका लागि जिल्ला प्रशाशन कार्यालय भक्तपुरले वन्दोवस्त मिलाइसकेको जनाइएको छ ।

 यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं वेड विस्तार गरी आइसोलेसन केन्द्र तयार गरिएको थियो । तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले विरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशाशनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो । अहिले त्यही वेडको विस्तार गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित: २३ वैशाख २०७८ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App