५ असार २०८२ बिहीबार
image/svg+xml
खेल

विश्वकपकाे तयारीमा सन्दीप, निरीक्षणमा पुगे पारस

फाइल तस्बिर।

बलात्कार मुद्दामा सफाई पाएसँगै सन्दीप लामिछाने विश्वकप क्रिकेटकाे तयारीमा व्यस्त छन्। अमेरिका र वेस्ट इन्डिजमा जुन २ बाट हुने टि–२० विश्वकप क्रिकेटमा सन्दीपलाई सहभागी गराउने तयारी नेपाल क्रिकेट संघ (क्यान) को छ।

सफाईपछि क्यानले सन्दीपको निलम्बन पनि फुकुवा गरिसकेको छ। केहीदिनमा उनलाई अमेरिका पठाउने तयारी पनि भइरहेको क्यानले जनाएको छ।

यस्तोमा सन्दीप कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन्। नेटमा बलिङ अभ्यास गरिरहेका सन्दीपलाई ब्याटर लोकेश बमले सघाइरहेका छन्।

यस्तै विनोद भण्डारी, शरद भेषावकर, मौसम ढकालले पनि उपस्थित भएर सन्दीपलाई सघाइरहेका देखिन्छ। यसैबीचमा शनिबार क्यानका सचिव पारस खड्का सन्दीपको तयारी हेर्न पुगेका थिए।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका खड्का अभ्यासस्थलमा पुगेर बलिङ टिप्सहरू दिइरहेका छन्। 

प्रकाशित: ५ जेष्ठ २०८१ १७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App