६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पर्सामा संक्रमित साढे आठ सय पुगे, ९४ प्रतिशत होम आइसोलेसनमा

वीरगन्जको नारायणी अस्पताल । तस्बिरः रितेश त्रिपाठी

पर्सामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ सय ४८ पुगेको छ । संक्रमितहरुको संख्या कुल संक्रमितमध्ये ९४ प्रतिशत बढी होम आइसोलेसनमै रहेका छन् । जिल्ला प्रसाशन कार्यालय पर्साका प्रसाशकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार जिल्लामा अहिले रहेका सक्रिय संक्रमितमध्ये ३७ जना नरायणी अस्पतालमा र अन्य १३ जना नारायणी बयोधा भन्ने निजी अस्पतालमा भर्ना रहेका छन् । बाँकी ७ सय ९८ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रसाशन कार्यालयको तथ्यांक छ ।  

संख्या बढ्दै गएपछि अस्पतालमा अब संक्रमित नयाँ बिरामीलाई राख्ने ठाउँ छैन । नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले एउटै बेडमा ३ जना संक्रमितहरु राखेर उपचार भइरहेको जनाएका छन् । उनले सामाजिक संजालमा लेखेको सन्देश र तस्बिरहरु सामाजिक संजाल र अनलाइनमाध्यमका समाचारहरुमा अहिले छाएको छ । डा. सिंहका अनुसार वीरगन्जको अवस्था भयावह छ । सिकिस्त बिरामीहरुको संख्या अस्पताल थपिदै गएको डा. सिंहको भनाइ छ । वीरगन्ज क्षेत्रमा लकडाउन लगाउन र मानिसहरुको मोबासलटी आवागमन रोक्न जरुरी भइसकेको उनको भनाइ छ । सिकिसत संक्रमितहरुलाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको असपतालका कोभिड –१९ कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिएका छन् ।  

डा. सिंहले भनेजस्तै वीरगन्ज क्षेत्रमा संक्रमितको संख्या बढ्दो क्रममा थपिदैछ । पछिल्लो पटक आएको रिपोर्ट अनुसार एक सय ४० जनाको परीक्षण गरिएकोमा ६६ पुरुष र २४ महिलासहित ९० जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको परीक्षणको ६४.२९ प्रतिशत संक्रमण फेला पर्नु हो । थपिएका कुल संक्रमितमध्ये पर्साका मात्र ६५ जना छन् ।  

पर्सामा ९ को मृत्यु

पर्सामा सोमबार बिहान थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोनाको दोसो लहर सुरु भएको भनिएको अवधिमा अर्थात चैतयता कोरोना संक्रमणका कारण वीरगन्जमा बिभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १२ पुगेको छ । यसमा ९ जना पर्साका छन् । वीरगन्ज महानगरपालिका ६ आदर्शनगर बस्ने ६० वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाको लक्षणबाट ग्रसित ती ब्यक्तिमा वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अर्को दिन बैशाख ३ मा उनलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको सोमबार करिब साढे ९ बजे उनको मृत्यु भएको अस्पतालका कोभिड –१९ कोर्डिनेटर डाक्टर दासले जानकारी दिएका छन् । मृतक १२ जनामध्ये पर्साका ९ जना, अरु २ बारा जिल्लाका र एक जना सर्लाहीका हुन् ।  

भारतसंग नेपालको प्रमुख ब्यपारिक तथा प्रवेश नाका वीरगन्ज कोरोना भाइरस संक्रमणले भयावह बन्न थालेको भन्दै सीमामा आवागमन नियन्त्रित गर्न र समुदायमा कोरोना सम्बन्धी सावधानी पालना गराउन कडाई जरुरी भएको सरोकारवालाले बताएका छन । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कोरोना संक्रमणलाई नियन्त्रण गर्न र यस सम्बन्धी समस्याको सामना गर्न पहल भइरहेको बताए । उनले नारायणी अस्पतालमा कोरोना संक्रमितको लागि अहिले ४२ बेड रहेकोमा त्यसलाई सय बेडको बनाउनेतिर काम भइहेको बताए । निजी अस्पतालहरुको सहयोग पनि लिन लागिएको उनले जनाए । साथै सुरक्षाका मापदण्ड कडाइसाथ पालनामा गराउन स्थानीय प्रशासन लागिपरेको उनले दावी गरे ।

प्रकाशित: १३ वैशाख २०७८ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App