१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

होम आइसोलेसनका संक्रमितलाई सेवा दिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सेवा दिनेगरी सरकारले प्रक्रिया अघि बढाएको छ। प्रक्रियाअनुसार मन्त्रालयले निजी तथा निजी अस्पतालका चिकित्सकलाई प्रक्रिया पु-याई सूचीकृत हुन सार्वजनिक सूचनाबाट अपिल गरेको छ।

यो सेवामा सूचीकृत हुन चाहने अस्पताल तथा चिकित्सकहरुले स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा सूचीकृत हुनुपर्नेछ र यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त चिकित्सक तथा अस्पताल हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

होम आइशोलेशनमा रहेका संक्रमितलाई आवश्यक सेवा दिनको लागि स्थानीय निकायको जिम्मेवारीभित्र रहेकोमा जिम्मेवारी पूर्ण रुपमा पूरा गर्न नसकेपछि मन्त्रालयले माथिल्लो निकायबाटै प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ। ‘यो काम स्थानीय निकायको हो, स्थानीय निकायले राम्रोसंग व्यवस्थापन गर्न नसकेपछिको विकल्प हो,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।

डा. गौतमका अनुसार सूचीकृत भएका चिकित्सक तथा अस्पतालले सेवा दिएबापत सरकारले नियमपूर्वक भुक्तानी गर्नेछ। देशैभरि लागू हुनेगरी दिन लागिएको यो सेवामा सूचीकृत भएपछि सुरु हुनेछ। तर कति र कसरी भुक्तानी दिने भन्नेबारेमा निर्णय प्रक्रियामै छ। यो सेवाअन्तर्गत बिरामीको आवश्यकता अनुसार फोन तथा इन्टरनेटमार्फत सेवा दिने, आवश्यक परेको अवस्थामा घरमै पुगेर बिरामीको स्वास्थ्य जाँच गरिने प्रवक्ता गौतमले बताए।

थप २६ जनाको मृत्यु
कोरोना संक्रमणको कारण एकैदिन थप २६ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सख्या ११ सय ७४ पुगेको छ। अहिलेसम्म नेपालमा ०.६ प्रतिशत निको हुने दर छ। गत चौविस घण्टामै थप २५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ।

नयाँसहित नेपालमा कुल संक्रमित संख्या २ लाख २३ सय २९ पुगेको छ। तीमध्ये १ लाख ६२ हजार २ सय ४३ जना निको भएका छन्। यो हिसाबले ८० प्रतिशत निको भएका छन्। हाल देशभरिमा ३८ हजार १ सय ९२ जना सक्रिय संक्रमित छन्। तीमध्येमा २८ हजार ३ सय ९३ जना होम आइसोलेसनमा छन् भने ९ हजार ७ सय ९९ सय जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर लक्षण भएका ३ सय ८२ जना आइसियुमा र ९५जना भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा १० हजार ८१ जनाको नमुना परीक्षण भएको थियो। हाल देशभरिमा ११ सय ९ जना क्वारेन्टिनमा छन्।

प्रकाशित: २७ कार्तिक २०७७ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App