निरन्तरको वर्षाका कारण राष्टकोट नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने फुगाडखोला माथिको मोटरेवल पुल पनि बगाएको छ। कर्णाली करिडोर अन्र्तगत पर्ने फुगाड खोलाको मोटरेवल पुल बगाएको डिएसपी ओलियाले जानकारी दिए।
भिषण बर्षासँगै आएको पहिरोले बागलुङमा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।
रम्भा गाउँपालिका–१, पाल्पामा बाढीले बगाउँदा एक युवाको मृत्यु भएको छ। आफ्नै खेतमा भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोमबार राति परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कतै घर बगाएको छ भने कतै सडक अवरुद्ध बनेका छन्। रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–९, हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा दुईजना बेपत्ता भएका छन्।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिन आदेश गरेको छ। हुलाकी सडक आयोजना कपिलस्तुले एक साताको समय दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरेपछि त्यस विरुद्ध तीन जनाले निषेधाज्ञा उत्प्रेषण र परमादेशको माग गर्दै साउन ५ गते उच्च अदालतमा रिटा दायर गरेका थिए।
सोमबार राति आएको रिपोर्टमा पर्सा जिल्लामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जका बिभिन्न वडाका ब्यक्ति, एउटा उद्योगमा कार्यरत कामदार, अन्य जिल्लाका मानिसहरु गरी १५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायि कोभिड अस्पतालका डा. निरज सिंहले बताए।
कोरोना भाइरस संक्रमणका कारण बन्द अन्तर्राष्ट्रिय उडान सरकारले भदौ १ देखि खुला गर्दैछ। नेपालमा रहेका जोकोही विदेशी पाहुनाले अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र नेपाल छाड्नुपर्ने प्रावधान सरकारले लागु गरेको छ।
रातोपुलस्थित शैली थिएटरले अहिले आफ्नो फेसबुक पेज मार्फत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसंग भलाकुसारी गर्ने उद्धेश्यका साथ ‘शैली संवाद’को आयोजना गरेको छ । दुई/दुई दिनको फरकमा गरिने लाइभ संवादमा भिन्न–भिन्न क्षेत्रमा आबद्द व्यक्तिहरूलाई समेट्ने आयोजकको भनाई छ ।
उच्च अदालत तुलसीपुर बुटवल ईजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिने आदेश दिएको छ । हुलाकी सडक आयोजना कपिलवस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरिएको थियो । त्यस पश्चात साउन ५ गते तीन जनाले निषेधाज्ञा उत्प्रैषण र परमादेशकाको रिट दायर गरेका थिए ।
मजदुरीकालागि भारतबाट आएका तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण देखिएको छ । बुटवलको व्यस्त बजार अमरपथ स्थित गण्डकी सिरक डसना स्टोरमा कार्यरत तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू साउन ७ गते भारतको नौतनवाबाट आएका हुन ।
फेरी पनि कोरोना फैलने उच्च जोखिममा रहेको कपिलवस्तुमा समुदायस्तरबाट पिसिआर परीक्षणकालागि ३ सय जनाको स्वाब संकलन गरिने भएको छ । ७ सय ६२ जना कोरोना संक्रमित भेटिएको कपिलस्तुमा २ साता अघि देखि स्वाब संकलन कार्य रोकिएको छ । लकडाउन खुलेपछि बजार समुदायमा चलहपलह बढेको छ ।
क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका थिए । उनी पाँच दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । मृत्युपछि स्वाब परीक्षण गरिएकाे थियाे ।
काठमाडौंको व्यापारिक केन्द्र मानिने महाबौद्धमा कोरोना संक्रमित फेला परेपछि त्रास बढेको छ। आइतबार एकै परिवारका पाँच जनालाई कोरोना पुष्टि भएपछि त्रास बढेको हो। हाल संक्रमित भेटिएको सय मिटर आसपासका पसलहरु बन्द गरिएको वडा नम्बर २७ का वडा अध्यक्ष चिनियाँमान बज्रचार्यले जानकारी दिए। ति संक्रमितले महाबौद्धको गणेशमन्दीर नजिकै अन्डरगार्मेन्डको पसल संचालन गर्दै आएका थिए।
बैंकिङ कसुर मुद्दाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक गुण्डु बस्ने वर्ष २५ को अनिस पञ्चलाई पक्राउ गरेको हो ।
गोरखाको शहिदलखन गाउँपालिका–३ कि ७१ वर्षीया कृष्णकुमारी आलेको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोही वडाको डाँडागाउँका १७ वर्षका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
खोटाङका यातायात व्यवसायीले अग्नी पीडित यातायात व्यवसायीलाई आर्थिक सहयोग गरेका छन्। खोटाङ यातायात प्रालिमा आवद्ध यातायात व्यवसायी एवं कर्मचारीले आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई आर्थिक सहयोग गरेको हो ।
कोरोना भाइरसले दुईको ज्यान लिएको सिन्धुपाल्चोकमा अहिले कोरोना शून्य भएको छ। मृत्यु भएकाबाहेक संक्रमित सबै उपचारपछि निको भइ घर फर्केपछि जिल्ला कोरोना शून्य भएको हो।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । आइतबार बेलुका निर्माणाधिन सडकमा हिँडिरहेका नरहरिनाथ गाउँपालिका–८ का १६ वर्षीय पारस भण्डारा पहिरोमा परेर बेपत्ता भएका हुन् ।
विदेशबाट फर्किएका खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएको अवस्थामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर काठमाडौं पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । असारको अन्तिम सातादेखि घट्दै गएको कोरोना संक्रमितको संख्या साउन छ गतेयता हरेक दिन बढिरहेको हो । लकडाउन खुलेयताका सात दिनमा कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ६१ पुगेको छ ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गर्न रोल्पामा कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले जिल्ला प्रसाशन कार्यालयमा कार्यालय स्थापना गरेको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार भोली सोमबार देखि नै विवरण संकलन सुरु गरिने छ ।
भारतको विहार स्थायी घर भई महाबौद्धमा कपडा व्यापार गर्दै आएका संक्रमित परीवारको सम्पर्कमा आएका ९० जनाको नमूना परीक्षण गर्ने तयारी भएको छ। सोमवार राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले परीक्षणको तयारी भएको जानकारी दिए।
क्वारेन्टिनमा एक यूवाले आत्महत्या गरेका छन् । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका हुन । पाँच दिन अघि देखि साउथ क्वारेन्टिनमा बस्दै आएका थिए ।
पहिरोले घर बगाउँदा एकको मत्यु, पाँच बेपत्ता
निरन्तरको वर्षाका कारण राष्टकोट नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने फुगाडखोला माथिको मोटरेवल पुल पनि बगाएको छ। कर्णाली करिडोर अन्र्तगत पर्ने फुगाड खोलाको मोटरेवल पुल बगाएको डिएसपी ओलियाले जानकारी दिए।
पहिरोले घर पुरिँदा बागलुङमा ३ जनाको मृत्यु
भिषण बर्षासँगै आएको पहिरोले बागलुङमा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।
बाढीसहितको भलले बगाउँदा युवाको मृत्यु
रम्भा गाउँपालिका–१, पाल्पामा बाढीले बगाउँदा एक युवाको मृत्यु भएको छ। आफ्नै खेतमा भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीपहिरोः रुकुम पश्चिममा दुई बेपत्ता, पाँच घुम्ती बगायो
सोमबार राति परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कतै घर बगाएको छ भने कतै सडक अवरुद्ध बनेका छन्। रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–९, हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा दुईजना बेपत्ता भएका छन्।
हुलाकी सडकको काम नरोक्ने आदेश
उच्च अदालत तुलसीपुर बुटवल इजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिन आदेश गरेको छ। हुलाकी सडक आयोजना कपिलस्तुले एक साताको समय दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरेपछि त्यस विरुद्ध तीन जनाले निषेधाज्ञा उत्प्रेषण र परमादेशको माग गर्दै साउन ५ गते उच्च अदालतमा रिटा दायर गरेका थिए।
पर्सामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार राति आएको रिपोर्टमा पर्सा जिल्लामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जका बिभिन्न वडाका ब्यक्ति, एउटा उद्योगमा कार्यरत कामदार, अन्य जिल्लाका मानिसहरु गरी १५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायि कोभिड अस्पतालका डा. निरज सिंहले बताए।
लकडाउनले रोकिएका पर्यटक भन्छन्– 'हामी यहीं बस्न पाऊँ'
कोरोना भाइरस संक्रमणका कारण बन्द अन्तर्राष्ट्रिय उडान सरकारले भदौ १ देखि खुला गर्दैछ। नेपालमा रहेका जोकोही विदेशी पाहुनाले अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र नेपाल छाड्नुपर्ने प्रावधान सरकारले लागु गरेको छ।
शैलीले सुरु गर्यो ‘शैली संवाद’
रातोपुलस्थित शैली थिएटरले अहिले आफ्नो फेसबुक पेज मार्फत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसंग भलाकुसारी गर्ने उद्धेश्यका साथ ‘शैली संवाद’को आयोजना गरेको छ । दुई/दुई दिनको फरकमा गरिने लाइभ संवादमा भिन्न–भिन्न क्षेत्रमा आबद्द व्यक्तिहरूलाई समेट्ने आयोजकको भनाई छ ।
हुलाकी सडक निर्माणको कामलाई निरन्तरता दिन अदालतको आदेश
उच्च अदालत तुलसीपुर बुटवल ईजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिने आदेश दिएको छ । हुलाकी सडक आयोजना कपिलवस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरिएको थियो । त्यस पश्चात साउन ५ गते तीन जनाले निषेधाज्ञा उत्प्रैषण र परमादेशकाको रिट दायर गरेका थिए ।
नौतनवाबाट आएका तीन जना भारतीयमा कोरोना संक्रमण
मजदुरीकालागि भारतबाट आएका तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण देखिएको छ । बुटवलको व्यस्त बजार अमरपथ स्थित गण्डकी सिरक डसना स्टोरमा कार्यरत तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू साउन ७ गते भारतको नौतनवाबाट आएका हुन ।
कपिलवस्तुमा फेरी कोरोना फैलने खतरा
फेरी पनि कोरोना फैलने उच्च जोखिममा रहेको कपिलवस्तुमा समुदायस्तरबाट पिसिआर परीक्षणकालागि ३ सय जनाको स्वाब संकलन गरिने भएको छ । ७ सय ६२ जना कोरोना संक्रमित भेटिएको कपिलस्तुमा २ साता अघि देखि स्वाब संकलन कार्य रोकिएको छ । लकडाउन खुलेपछि बजार समुदायमा चलहपलह बढेको छ ।
क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि
क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका थिए । उनी पाँच दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । मृत्युपछि स्वाब परीक्षण गरिएकाे थियाे ।
राजधानीको महावौद्धमा कोरोना संक्रमित भेटिएपछि त्रास
काठमाडौंको व्यापारिक केन्द्र मानिने महाबौद्धमा कोरोना संक्रमित फेला परेपछि त्रास बढेको छ। आइतबार एकै परिवारका पाँच जनालाई कोरोना पुष्टि भएपछि त्रास बढेको हो। हाल संक्रमित भेटिएको सय मिटर आसपासका पसलहरु बन्द गरिएको वडा नम्बर २७ का वडा अध्यक्ष चिनियाँमान बज्रचार्यले जानकारी दिए। ति संक्रमितले महाबौद्धको गणेशमन्दीर नजिकै अन्डरगार्मेन्डको पसल संचालन गर्दै आएका थिए।
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक गुण्डु बस्ने वर्ष २५ को अनिस पञ्चलाई पक्राउ गरेको हो ।
प्रदेश १ मा २३ जना संक्रमित थपिए
प्रदेश १ मा २३ जना संक्रमित थपिएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा सोमबार २३ जना नयाँ संक्रमित थपिएका हुन् ।
वृद्धाको हत्या अभियोगमा युवक पक्राउ
गोरखाको शहिदलखन गाउँपालिका–३ कि ७१ वर्षीया कृष्णकुमारी आलेको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोही वडाको डाँडागाउँका १७ वर्षका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
आगलागी पीडितलाई सहयोग रकम जुट्दै
खोटाङका यातायात व्यवसायीले अग्नी पीडित यातायात व्यवसायीलाई आर्थिक सहयोग गरेका छन्। खोटाङ यातायात प्रालिमा आवद्ध यातायात व्यवसायी एवं कर्मचारीले आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई आर्थिक सहयोग गरेको हो ।
सिन्धुपाल्चोकमा कोरोना शून्य
कोरोना भाइरसले दुईको ज्यान लिएको सिन्धुपाल्चोकमा अहिले कोरोना शून्य भएको छ। मृत्यु भएकाबाहेक संक्रमित सबै उपचारपछि निको भइ घर फर्केपछि जिल्ला कोरोना शून्य भएको हो।
पहिरोमा पुरिएर एक जना बेपत्ता
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । आइतबार बेलुका निर्माणाधिन सडकमा हिँडिरहेका नरहरिनाथ गाउँपालिका–८ का १६ वर्षीय पारस भण्डारा पहिरोमा परेर बेपत्ता भएका हुन् ।
१६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
विदेशबाट फर्किएका खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएको अवस्थामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर काठमाडौं पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
कर्णाली प्रदेश : लकडाउन खुल्यो, संक्रमित बढे
लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । असारको अन्तिम सातादेखि घट्दै गएको कोरोना संक्रमितको संख्या साउन छ गतेयता हरेक दिन बढिरहेको हो । लकडाउन खुलेयताका सात दिनमा कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ६१ पुगेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु
राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गर्न रोल्पामा कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले जिल्ला प्रसाशन कार्यालयमा कार्यालय स्थापना गरेको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार भोली सोमबार देखि नै विवरण संकलन सुरु गरिने छ ।
महावौद्धका संक्रमितको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिने
भारतको विहार स्थायी घर भई महाबौद्धमा कपडा व्यापार गर्दै आएका संक्रमित परीवारको सम्पर्कमा आएका ९० जनाको नमूना परीक्षण गर्ने तयारी भएको छ। सोमवार राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले परीक्षणको तयारी भएको जानकारी दिए।
क्वारेन्टिनमा एक यूवाद्धारा आत्महत्या