१८ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

बाढीसहितको भलले बगाउँदा युवाको मृत्यु

रम्भा गाउँपालिका–१, पाल्पामा बाढीले बगाउँदा एक युवाको मृत्यु भएको छ। आफ्नै खेतमा भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

राति अन्दाजी १ बजे खेतमा पसेको भल तर्काउन गएका दिनेशको मृत्यु भएको रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले बताए। मृतक दिनशको शव गेगरले पुरेको अवस्थामा भेटिएको वडाध्यक्ष समेत रहेका रेग्मीले बताए।  

रम्भा गाउँपालिकाको वडा नं. १ देखि वडा नं. २ को फोक्सिङकोट जाने सडकबाट आएको भलले बगाउँदा रम्भा गापा १ असेर्दीका दिनेश अर्यालको मृत्यु भएको स्थानीय दिपक पौडेलले बताए। उनको शव टाउकोमात्र देखिएको अवस्थामा भेटिएको थियो। मृतकका दाई भने सकुशल रहेका छन्।  

आफ्नै खेतमा जादा ढुङ्गा माटोसहित पहिरोको भलले बगाई अम्दाजी १० मिटर तल मृत अवस्थामा फेला परेको शव बारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: १३ श्रावण २०७७ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App