८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

भारत लगेर युवती बेच्ने पक्राउ

मनकामना गोरखा घुम्न जाउँ भन्दै भक्तपुरकी एक युवतीलाई भारतमा लगेर बेचेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । जाहेरीको २८ वर्षपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

२०५४ मंसिरमा जाहेरवाली १७ वर्षकी भक्तपुर २७ (छ ८६) लाई बेच्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा साविक ताप्लेजुङ थुम्बेदिन गाविस-२ हाल पाथिभरा याङवरक गाउँपालिका घर भई ललितपुर उपमहानगरपालिका-९ बालकुमारी बस्ने कमल खतिवडा छन् । उनले मनकामना गोरखा घुम्न जाउँ भनी विभिन्न प्रलोभन देखाई भारतमा लगेर बेचेर फरार भएका खतिवडालाई २८ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

उनलाई झापा विर्तामोड नगरपालिका-१ बाट पक्राउ गरिएको हो । शुक्रबार जिल्ला अदालत भक्तपुरमा पेश गरी पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित: १८ पुस २०८२ १७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App