पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्। शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन्।
भण्डारीले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकन गरेकी हुन् । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेटवार्ता गरेकी छन्। सुरुवातमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरूसँग भण्डारीले कुराकानी गरेकी थिइन्।
त्यसपछि भण्डारीले ५० मिनेट जति प्रधान्यायाधीशसँग अलग्गै कुराकानी गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य रजिस्ट्रार बिमल पौडेलले सर्वोच्च अदालतको अवलोकन गराएका थिए ।
प्रकाशित: १८ पुस २०८२ १६:५८ शुक्रबार





