उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माइतीघर मण्डलामा आन्दोलन गर्ने किसान नभई बिचौलिया भएको चिनी उद्योगीले बताएको प्रतिक्रिया दिएपछि किसानले चिनीको बिलसहित धर्नामा बसेका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज राजधानीसहति देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको छ । कांग्रेसले सरकारको जनविरोधी काम गरेको भन्दै सोमबार देशव्यापी रुपमा प्रदर्शन गरेको हो ।
कोरोना महामारीका कारण थलिएको पर्यटकीय क्षेत्र बिस्तारै खुल्न थालेसँगै पर्वतमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। विश्वकै दोस्रो अग्लो दाबी गरिएको यहाँको बन्जी २ सय २८ मिटर उचाइमा छ।
पछिल्लो समय युवाहरुमा बढी घुम्ने मोह जागेको छ। अधिकांश घुमेको ठाउँ हुने हुँदा केहि नयाँ गरौ भन्ने सोच हुन्छ नै। यस्तै केहि साहसिक एवम् नयाँ गरौ भन्नेको लागि पोखरादेखि २० किलोमिटरको दूरीमा रहेको पोखरा क्यानोनिङ उत्कृष्ट गन्तव्य बन्न सक्छ।
२०१४ देखि संचालनमा आएको पोखरा क्यानोनिङले बिस्तारै पर्यटक तानिरहेको छ। पर्यटकीय गन्तव्य मर्दि हिमालको पदयात्रामा रहेको उक्त क्यानोनिङ अनुभविको लागि ७५ मिटरको उचाइ रहेको छ भने अन्यको लागि ४५ मिटरको उचाइमा रहेको छ। झरनामा डोरीको सहायताले भिरमा झर्नु निकै मनमोहक देखिन्छ।
साहसिक खेलसंगै मर्दि पदयात्रा, पर्यटकीय होमस्टे ल्वाङ र घलेल कास्कीमा रहेको चिया बगान समेत हेर्न पाइन्छ। विभिन्न किसिमका रोचक गतिविधि गर्न सके पर्यटन तथा व्यसाय बढ्ने पोखरा क्यानोनिङका संचालक राम गुरुङले जानकारी दिए। कास्कीमा रहेर निरन्तर संचालन हुने र एक व्यक्तिमात्र भएपनि क्यानोनिङ गर्न पाउने पोखरा क्यानोनिङमात्र रहेको संचालक गुरुङले जानकारी दिए।
जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिर शनिबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ। २०७६ चैत ११ देखि सुरु भएको लकडाउन यता बन्द रहेको मन्दिर शनिबारबाट खुलाउन लागिएको हो।
कोरोनाका कारण सिमित परिवार मात्र मिलेर भोटेबहाल स्थित कृत्रिम पोखरी बनाइ व्रतालुले छठपूजा गरेका छन्। व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।
२०७२ को भूकम्पपछि आज भाइटीकाको दिन काठमाडौंमा रहेको रानीपोखरी खोलिएको छ। हरेक वर्ष भाइटीकाको अवसरमा सर्वसाधारणका लागि खोलिने रानीपोखरीलाई आफ्नै मौलिक स्वरुपमा पुनर्निर्माण गरि खोलिएको हो।
यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।
रसुवा धार्मिक तथा पर्यटकीय क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो। जिल्लामा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र थुप्रै छन् लाङटाङ, गोसाइँकुण्ड, रसुवागढी लगायतका क्षेत्रमा वार्षिक हजारौं पर्यटक पुग्ने गरेका छन् भने धेरै क्षेत्र प्रचारप्रसारको अभावमा अझै ओझेलमा छन्। रसुवा जिल्लालाई कुण्डै कुण्डको जिल्ला भनेर पनि चिनिन्छ।
दसैं भन्ने वित्तिकै हाम्रो मानसपटलमा पिङको दृष्य आउँछ। दसैंको अवसरमा टोल टोलमा पिङ हाल्ने नेपाली परम्परा नै हो। तर कोरोना महामारीले गर्दा अहिले दसैं पनि सुनशान छ। त्यसको प्रभाव पिङमा पनि परेको छ। पहिले पहिले जस्तो टोलमा पिङ देखिदैनन्। त्यै पनि गाउँ सहरमा थोरै भए पनि पिङ हालिएको छ। दसैंमा एक पटक पिङ खेल्नु पर्छ भन्ने चलन पनि रहँदै आएको छ। उपत्यकाको संखरापुरमा हालिएको पिङको दृष्य हेरौं :
कोरोना महामारीको समय थिएन भने अहिले बसपार्कमा घर जानेको भीड थामिनसक्नु हुने थियो। दसैंमा घर जाने टिकट नपाएर सर्वसाधारण समस्यामा देखिन्थे। तर अहिले दसैंमा पनि बसपार्क सुनसान जस्तै छ।
हिन्दूहरुको महान् पर्व बडादसैं घरदैलोमा आएसँगै माटोबाट सुन्दर दूर्गाका मूर्ति बनाउन व्यस्त छन्, ललितपुरका मूर्तिकारहरु। मूर्ति बनाउने माटोमा धानको पराल र भुसलाई मिसाइएको हुन्छ। प्रायः असोज महिनाबाट माटोलाई बनाउन सुरु गरिन्छ। रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा हिन्दू धर्मावलम्बीहरुले हरेक वर्ष दसैं मनाउँदै आएका छन्।
पोखरामा निमार्णधीन राष्ट्रिय गौरव अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा समेत आयोजनाको कामले निरन्तरता पाइरहेको छ।
बलात्कारका घटनाविरुद्ध स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन्। कालो कपडा लगाएका उनीहरुले राजधानीको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले बलात्कारबा घटना बढिरहँदा सरकार किन मौन रहेको भन्दै प्रश्नसमेत गरेका छन्। उनीहरुले बलात्कारीलाई फाँसीको सजायँ दिन माग गरे।
चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ। ‘सोलिडारिटी फर डा. केसी’को अगुवाईमा सडकमा निस्किएका युवाले केसीको जीवन रक्षाको माग गरेका हुन्।