१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

शनिबारबाट यसरी खुल्दैछ दोलखा भीमेश्वर (फोटोफिचर)

जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिर शनिबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ। २०७६ चैत ११ देखि सुरु भएको लकडाउन यता बन्द रहेको मन्दिर शनिबारबाट खुलाउन लागिएको हो।

 बिहीबार सम्पन्न जिल्ला स्तरीय संकट ब्यवस्थापन समितिको बैठकले जिल्लाको भीमेश्वर, कालिञ्चोक भगवतीसहितका मठ मन्दिर खुल्ला गर्ने निर्णय गरे संगै भीमेश्वर मन्दिर शनिबार बिहानबाट खुलाउन मन्दिरको गुठी तथा पूजा ब्यवस्थापन समितिले सबै तयारी थालेको छ।

भीमेश्वर मन्दिर गुठी तथा पूजा ब्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठका अनुसार दर्शनार्थीका लागि भौतिक दूरी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शनिबार बिहानैदेखि मन्दिर खुला गरिदैछ। दर्शनार्थीका लागि मन्दिर छेउको तिनधारामा हात धुने व्यवस्था गरिएको छ भने हात धोईसकेपछि मास्क लगाएर मात्र मन्दिरको मुल गेटबाट भित्र प्रवेश गराईनेछ। 

मन्दिरको मुलगेट भित्र समेत भौतिक दूरी कायम गराउन लाईन लाग्ने चिन्ह बनाइएको छ। श्रेष्ठका अनुसार मन्दिरको शिला रहेको स्थानमा भने ढोका भन्दा बाहिरैबाट दर्शन गराउने ब्यवस्था गरिएको छ। शिलामा सर्वसाधारणका फूलपाती र पूजा सामग्री चढाउन स्वास्थ्य सुरक्षा सामग्री लगाएर भित्रै समितिका कर्मचारी र पुजारी रहनेछन्।

शनिबारबाट खुल्ने मन्दिर क्षेत्र शुक्रबार समिति तथा स्थानीय अगुवाइले सरसफाइ गरे। स्थानीय अगुवा मनोज चाकुबाजीका अनुसार शुक्रबार दिन भर मन्दिर क्षेत्र सरसफाइ सकिएको छ।  

मन्दिरहरु खुलाइने निर्णयसंगै आन्तरिक पर्यटन बढ्ने अपेक्षा स्थानीय होटल ब्यवसायीहरुले लिएका छन्। भीमेश्वरको शिलामा पसिना आउँदा देशमा अनिष्ट हुने जनविश्वास छ। दुई साताअघि समेत भीमेश्वरको शिलामा पसिना आएको थियो। मन्दिरमा पसिना आएपछि राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने प्रचलन अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीको तर्फबाट आगामी साता क्षमा पूजा गरिँदैछ।

प्रकाशित: १९ मंसिर २०७७ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App