रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो
रानीपोखरीमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वरको मन्दिरमा गजुर राखिएको छ। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरेपछि पोखरीमा माछाका भुरा समेत छोडिने छ।
रानीपोखरीमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वरको मन्दिरमा गजुर राखिएको छ। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरेपछि पोखरीमा माछाका भुरा समेत छोडिने छ।
बझाङको मष्टा गाउँपालिका २ कि १२ वर्षीय सम्झना कामिको बलात्कार पछि गरिएको हत्याको बिरोध तथा दोषीलाई कारवाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको बिरोध जुलुस काठमाडौँ जिल्ला प्रसाशन अघि पुगेर कोण सभामा परिणत भएको थियो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६० रुपैयाँ प्रतिकिलोमै प्याज बिक्री गर्न थालेपछि बिहानैदेखि किन्नेको भीड लागेको छ। व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज कम्पनीको थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको हो। उक्त प्याज एक जनालाई बढीमा तीन किलोसम्म दिने गरिएको छ।
बन्द भएको सात महिनापछि काठमाडौंको कागेश्वरी मनोहरास्थित त्रिकोण पब्लीक स्कुलले पठनपाठन सुरु गरेको छ। सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत लेखेका प्ले कार्ड बोकेका थिए।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीको समर्थनमा मंगलबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
गत चैतदेखि सुनसान रहेका देशभरका विमानस्थलमा आजदेखि पुनः चहलपहल सुरु भएको छ। सरकारले आन्तरिक उडान खुला गरेसँगै विमानस्थलमा चहलपहल सुरु भएको हो।
काभ्रेपलाञ्चोकको तिनधारे छाँगो अहिले एकाएक चर्चामा छ। कोरोना संक्रमणको समयमा पनि उक्त छाँगो/झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ। रोशि गाउँपालिका–२ मा रहेको यो झरना हालसम्म भने गुमनाम थियो। यसवर्ष भने यो झरना निकै भाइरल भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै मइतीघरमा शान्तिपुर्ण प्रदर्शन भएको छ।उज्यालो नेपालका महानायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर, जनता भन्छन् फेरि कुलमान, तिमी छौ र पो उज्यालो छलगायत लेखेका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रेका हुन्। प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल समेत प्रयोग गरेको छ।
ट्याक्सी ड्राइभरहरुले विश्वकर्मा पूजा मनाएका छन्। विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो ।अश्विन संक्रान्तिको दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ।
सोह्र श्राद्धअन्तर्गत आज अन्तिम दिन पशुपतिमाअन्तिम श्राद्ध गरिएको छ। यसवर्षको पितृपक्षको अन्त भएको छ, औंशीको दिन यस पक्षको अन्तसंगै अब भोलीवाट नयाँ पक्षको शुरुवात र एकमहिना लामो मलमासको शुरुवात हुँदैछ। पशिुपतिमा आज बिहानैदेखि मानिसहरुले आफ्ना दिवंगत पितृको अन्तिम श्राद्ध गरेका छन्।
लकडाउनका कारण व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।
कोरोना संक्रमण नियन्त्रणका लागि चार महिना लामो लकडाउन भयो। लकडाउनका कारण पेशा, व्यवसाय सबै ठप्प रहे। त्यसपछि आंसिकरुपमा खुलेको बजार, सार्वजनिक सवारी साधनहरु अहिले बन्द छन्। व्यवासायीहरुले आफ्नो पसलमा लगाएको ताल्चामा खिया लागिसकेको अवस्था छ। ताल्चालाई बचाउन कतिपयले प्लास्टिकले छोप्ने गरेका पनि छन्।
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा भएको छ। पुल्चोक मच्छिन्द्रवहालमा रहेको रथलाई विधि अनुसार तानिएको हो। रथ तान्नु अगाडि गुर्जको पल्टनबाट सलामी दिएको थियो। कडा सुरक्षा व्यवस्थाका साथ रथ तनिएको हो।
पछिल्लो समय पोखरा कोरोनाको केन्द्रविन्दु बन्दै गएको छ। पोखरामा कोरोना संक्रमण बढदै जादाँ पोखरा महानगरपालिकाका तीन वटा वडाहरु सिल गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना समुदाय स्तरमा समेत पुगेको भन्दै महानगरका तीन वडालाई सिल गरिएको हो।
रातो मत्स्येन्द्रनाथको क्षमा पूजा भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यूका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिएको हो। छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो।
सुन्धारास्थित सञ्चयकोष भवन भत्काउने क्रममा दुर्घटना भएको छ। धरहरा निर्माणका लागि सो क्षेत्रका भवन भत्काइएको छ।
कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।
कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा निषेधाज्ञा छ। तर बिहीबार भिडभाडका साथ सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्।
काठमाडौंका भित्री सडक गल्लीहरु ‘डम्पिङ साइट’ को रुपमा परिणत भएका छन्। दुई सातादेखि महानगरले फोहोर नउठाएपछि काठमाडौंका भित्री गल्लीहरुमा फोहोरको थुप्रो लागेको हो।
विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। महामारीका कारण नेपालमा पनि लामो ‘लकडाउन’ भयो। महामारीले स्वास्थ्य संकट मात्र होइन समाजका हरेक ठाउँमा अप्ठ्यारो स्थिति पैदा गर्छ। यसले स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा गहिरो प्रभाव पार्छ।
पशुपतिमा अन्तिम विदाई कोरोना संक्रमित व्यक्तिको मृत्युपछि दाहासंस्कारबारे सरकारले गाइडलाईन बनाएको छ। त्यही गाइडलाईन अनुसार संक्रमितको अन्तिम संस्कार हुने गर्छ। कतिपय ठाउँमा अन्त्येष्टिको लागि लैजाँदै गर्दा अवरोध समेत भएका छन्। काठमाडौंमा विद्युतीय शवदाह गृहमा नेपाली सेनाले कोरोनाबाट मृत्युभएकाको दाहसंस्कार गर्दै आएको छ।