४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

यसरी सुरु भयो आन्तरिक उडान

गत चैतदेखि सुनसान रहेका देशभरका विमानस्थलमा आजदेखि पुनः चहलपहल सुरु भएको छ। सरकारले आन्तरिक उडान खुला गरेसँगै विमानस्थलमा चहलपहल सुरु भएको हो। 

कोरोना भाइरसको संक्रमणसँगै सुरु भएको लकडाउनले बन्द रहेको आन्तरिकतर्फको नियमित उडान आजदेखि खुले पनि अवस्था हेरी हाललाई न्यूनतम संख्यामा मात्रै उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरूले जनाएका छन्।  

यसअघि भदौ १ देखि आन्तरिकतर्फका उडान खोल्ने तयारी भए पनि विमान कम्पनीहरूले क्षमताअनुसार यात्रु बोक्न नपाउने सरकारी सर्तका कारण उडान रोकेका थिए। तर अहिले चैतअघिको उडान संख्याको तुलनामा २५ प्रतिशतमात्रै उडान सञ्चालनमा आउने जनाइएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्रकुमार क्षेत्रीका अनुसार यात्रुको चाप भएको क्षेत्रमा उडान भर्ने गरी विमान कम्पनीहरूले अनुमति पाएका छन्।  

तस्बिरमा हेर्नुहोस् उडान सुचारु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको चहलपहल :

तस्बिर : दिपेश श्रेष्ठ

 

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App