
राजनीति
सुन्धारास्थित सञ्चयकोष भवन भत्काउने क्रममा दुर्घटना भएको छ। धरहरा निर्माणका लागि सो क्षेत्रका भवन भत्काइएको छ।
भवन भत्काउँदै गर्दा स्काभेटर चालक बीम खसेर च्यापिएका थिए। बीमले स्काभेटरमा च्यापिएर घाइते भएका चालक विष्णुकुमार साहलाई सुरक्षाकर्मीले उद्वार गरेका थिए। २४ वर्षीय घाइते साहको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।