१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

जाने होइन त तीनधारे झरना (फोटोफिचर)

काभ्रेपलाञ्चोकको तिनधारे छाँगो अहिले एकाएक चर्चामा छ। कोरोना संक्रमणको समयमा पनि उक्त छाँगो/झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ। रोशि गाउँपालिका–२ मा रहेको यो झरना हालसम्म भने गुमनाम थियो। यसवर्ष भने यो झरना निकै भाइरल भइरहेको छ। दिनहुँ १५ सय हाराहारीले यो झरना अवलोकन गर्छन्। स्थानीय र अवलोकनकर्ताले प्रचारप्रसार गरेसँगै यो झरनाको महत्व बढेको हो।

स्थानीय मान वहादुर जर्घामगरले यो झरनाको महत्व बढिरहेको बताए। उनले यो छागोमा पुगेर बाउबाजेको पालादेखि नै पुजाआजा गर्ने र आस्था राख्ने गरिन्छन्। केही व्यक्तिहरुकै भनाई अनुसार यो झरना बगेको ठाउँमा रातीको समयमा मणी पनि देखिएको उनको भनाई छ। ‘यो छागोमा शक्ति छ, अहिले बल्ल नयाँ पिढीले बुझ्दै छन्, यो झरना मात्रै होइन धार्मिक तिर्थस्थल पनि हो,’ उनले भने।  

काफल डाँडास्थित मगर गाउँ नजिकै रहेको उक्त झरना अवलोकन गर्न पुग्नेहरुको संख्या बढेपछि स्थानीयले आगन्तुकहरुलाई सहज हुने गरी खानेबस्नेको व्यवस्था गर्ने योजना बनाएका छन्। ठाउँठाउँमा खानेबस्ने ठाउँहरुको निर्माण कार्य भइरहेको छ। कोरोना महामारीका कारण बेरोगजार भएका युवाहरुले पर्यटकलाई मध्यनजर गर्दै होटल तथा रेष्टुरेन्ट बनाउन सुरु गरेका छन्।

कसरी पुग्ने?

उपत्यका नजिकै अन्य झरनाहरु रहेपनि यतिको ठूलो झरना अरु छैनन्। यहाँ पुग्न त्यति धेरै समय र पैसाको खर्च गर्नु पर्दैन। काभ्रेपलाञ्चोककको धुलिखेल–नमोबुद्ध हुँदै यात्रा तय गर्न सकिन्छ। धुलिखेलदेखि करिब ३ घण्टामा झरनास्थल पुगिन्छ। कच्ची सडकका ओहोरदोहोर गर्न केही कठिन भने हुन्छ।  

 

 

खुशी 64.7%
दुखी 11.8%
अचम्मित 0%
हास्यास्पद 5.9%
क्रोधित 17.6%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App