कोरोना भाइरसको महामारीले पर्यटकीय सिजनमा समेत पर्यटकीय क्षेत्र ठप्प भएका छन्।
पोखराबाट देखिने अन्नपूर्ण हिमशृङखला यतिबेला पर्यटकको पर्खाइमा रहेका छन्। मौसम खुल्ला हुने समय भएकाले पोखराबाट अन्नपूर्ण , धौलागिरी ,गणेश हिमाल, माछापुच्छ्रे लगायत हिमालहरुको मनमोहक दृश्य देख्न सकिन्छ।
मौसम सफा हुँदा पोखरा आसपासका डाँडाहरुबाट सहर, ताल तथा हिमालको पूर्ण अवलोकन गर्न सकिने भएपनी कोरोना महामारीको कारणले भने पर्यटन क्षेत्र बन्द भएका छन्।
पोखरा अहिले पर्यटकीय सिजन भएपनी पर्यटकको आगमन भने हुन सकेको छैन।
धरान उपमहानगरपालिकाको आठौं नगर सभामा नगरसभा सदस्य एवं वडाध्यक्षले भूमिहीन सुकुम्बासी तथा अव्यस्थित बसोबासको लगत संकलन गर्न भूमि आयोगले दिएको म्याद गुजारेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुनेछ। शुक्रबार सम्पन्न पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार प्रतियोगितामा हालसम्म २२ वटा नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन्। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भण्डारण गृहको शिलान्यास कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले एउटै पार्टी भएरपनि दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयास भइरहेको बताएका हुन्।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने भएको छ। यसअघि दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आयात हुँदै आएकोमा अब गाडीको संख्या बढाउन लागिएको हो। सीमा जोडिएको क्षेत्रमा कोरोनाको संक्रमण नरहेको र भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाउने चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ।