कोरोनाका कारण सिमित परिवार मात्र मिलेर भोटेबहाल स्थित कृत्रिम पोखरी बनाइ व्रतालुले छठपूजा गरेका छन्। व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।
Here goes pf editor
छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ। यो पर्व वर्षभरमा दुई पटक मनाउने गरिएको छ। शरद् ऋतुको कात्तिक पष्ठीका दिन र अर्को वसन्त लागेको चैतको षष्ठीका दिन मनाइन्छ।
सम्भाव्य कुप्रभावबाट रक्षा गर्ने सन्दर्भमा षष्ठी तिथिले रक्षाको सामथ्र्यका साथै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ।
अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथका कारण आज बिहानैदेखि मानिसको चहलपहल बढेको थियो ।