१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

पुम्दीकोटमा ५१ फिट अग्लो शिव मूर्ति (फोटो फिचर)

पोखरा महानगरपालिका–२४ पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ। पर्यटकीय राजधानी एवम् धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत परिचित पोखरालाई थप धार्मिक पर्यटकीय सहरको रुपमा चिनाउन नेपालकै अग्लो दावी गरिएको पद्माआसन बसेका शिवको मूर्तिमात्र ५१ फिट अग्लो रहने छ। मूर्ति पूर्णरुपमा भने १ सय ८ फिटको रहने छ। 

हिन्दुर्धमको लागि मात्र नभई पोखराको पर्यटन विकासको लागि समेत नयाँ आयामको रुपमा रहेको छ। अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ। अबको दुई वर्षभित्र सम्पूर्ण काम सम्पन्न हुने जनाइएको छ। शिव मूर्ति निमार्ण समितिका अध्यक्ष चन्द्रकान्त बरालले भने। भारतको मथुराबाट ल्याईएको मूर्ति हाल राख्ने काम भइरहेको उनले बताए। ४० करोडको लागतमा बन्न लागेको उक्त मूर्ति पश्चात पोखरामा धार्मिक पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको छ।

खुशी 76.5%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 23.5%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App