१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

'नाममा समाजवाद, स्वास्थ्यमा व्यापार'

डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ। ‘सोलिडारिटी फर डा. केसी’को अगुवाईमा सडकमा निस्किएका युवाले केसीको जीवन रक्षाको माग गरेका हुन्। 

उनीहरुले 'डा. केसीका माग पुरा गर, उनको जीवन रक्षा गर, नाममा समाजवाद, स्वास्थ्यमा व्यापार सरकारको नैतीकता गायब'लगायत लेखेका प्ले कार्ड बोकेका छन्। 

भदौ १९ गते कर्णाली प्रदेशको जुम्लादेखि १९औं अनशन थालेका उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत छन्। उनको केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। उनलाई अनशनको नवौं दिनमा जुम्लाबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको थियो।

नेपाल चिकित्सक संघलगायत विभिन्न संघसंस्था र व्यक्तिहरूले डा. केसीको जीवनरक्षाका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकारले वास्ता गरेको छैन।

खुशी 50%
दुखी 0%
अचम्मित 50%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App