२४ भाद्र २०८३ बुधबार
image/svg+xml

सार्वजनिक पदाधिकारीले प्राप्त गर्ने उपहार अब राज्यको हुने

अदालतले उपहार प्राप्त गरेपछि सम्बन्धित निकायमा विवरण नबुझाउने पदाधिकारीको कानुनी दायित्व स्पष्ट गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

चिलिमेमा २४ जनाको उद्धार भएको खबर भ्रामक

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २४ जना कामदारको सकुशल उद्धार भइसकेको भनी सामाजिक संजालमा भाइरल भइरहेको कुरा भ्रामक भएको पाइएको छ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमै राख्ने प्रस्ताव अघि बढ्यो

विधायन व्यवस्थापन समितिका सभापति रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन्।

एभरेस्ट भ्यु ट्रेल रेस अन्तर्राष्ट्रिय ट्रेल दौडको सूचीमा

पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई प्राथमिकतामा राखेर आयोजना हुँदै आएको साहसिक दौडलाई फ्रान्सस्थित विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाले आधिकारिकता प्रदान गरेको हो।

शिक्षा विभागले भन्यो- बाढी प्रभावित विद्यार्थीको मनबाट त्रास हटाउनू, किताब पढाउन हतार नगर्नू

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर मानसिक रूपमा तयार पारेपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ।

दसैंअघि नै सडक र ‘क्याप्सुल होम’ निर्माण गर्न मन्त्रीहरूलाई राष्ट्रपतिको निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा सडक यातायात सुचारु गर्न तथा पीडितहरूको तत्काल व्यवस्थापन र पुनर्निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

रविले आज संसद्‌मा किन सम्झेनन् जेनजीको योगदान ?

स्वाभाविक अपेक्षा थियो, लामिछाने संसद्मा उभिँदा उनले आफ्नो राजनीतिक यात्रालाई सम्भव बनाउने त्यो पुस्तालाई सम्झनेछन्, आन्दोलनका योगदानकर्तालाई सम्मान गर्नेछन् र उनीहरूले उठाएका प्रश्नलाई आगामी राजनीतिक एजेन्डासँग जोड्नेछन्।

गगन थापाको प्रश्न- सिंहदरबार र अदालत जलाउनेलाई कसले जोगाउँदै छ ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने माग गरेका छन्।

पाँच दीपङ्कर बुद्ध नगर परिक्रमा गराएर भक्तपुरमा मनाइँदै ‘पञ्चदान’ पर्व

पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराउँदै आज भक्तपुरमा ऐतिहासिक एवं सांस्कृतिक ‘पञ्चदान’ पर्व मनाइँदै छ।

ग्यास उद्योग निगमको मातहतमा नभएकोले आपूर्तिमा सहज भएन : मन्त्री यादव

मन्त्री कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औँल्याइन्।

संसद्‌मा रवि लामिछाने: बाढीपहिरो विपद् होइन, जलवायु अन्याय हो (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्लाई अन्तर्राष्ट्रिय जलवायु अन्यायका रूपमा लिनुपर्ने बताएका छन्।

संसद्‌मा रविको सम्बोधनको पूर्णपाठ

रास्वपा सभापति रवि लामिछानेको संसद्मा सम्बोधन । ‘जलवायु न्यायको लडाइँ लड्नुपर्छ, राष्ट्रिय पीडालाई राष्ट्रिय शक्तिमा बदल्नुपर्छ’

भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सुझाव

सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्।

उनीहरूलाई केवल एउटा कुरा चाहिएको छ, मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुगिदियोस्, उद्धार गरिदियोस् : रवि लामिछाने

पीडित नागरिकलाई सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरेको छ कि छैन, सुरक्षाकर्मी कति गहिराइसम्म उद्धारमा पुगेका छन् भन्ने तथ्यभन्दा पनि आफ्ना प्रियजन जीवित छन् भने राज्य त्यहाँ पुगेर उद्धार गरिदियोस् भन्ने अपेक्षा रहेको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्