भारतलाई दोष दिने भन्दा पनि हामी व्यवस्थित हुन जरुरी छ : दीपकुमार उपाध्याय

दीपकुमार उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पछिल्ला तीन वर्ष उनले भारतका लागि नेपालको राजदूतको भूमिका समेत निर्वाह गरे । पहिलो कार्यकालमा केपी ओली नेतृत्वको सरकारले फिर्ता समेत बोलाइएका उपाध्यायलाई  पुन: पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक राजदूतको लागि जिम्मेवारी दिँदै भारत पठायो । राजनीति पछि कुटनीतिक अनुभव बटुलेका ६८ वर्षीय उपाध्यायले राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्किने संकेत गरे । नेपाल भारत सम्वन्ध र वर्तमान राजनीतिक विषयमा केन्द्रीत रहेर नागरिकन्यूजका लागि श्रीराम पौडेल र प्रशान्त लामिछानेले उनीसँग कुराकानी गरेका थिए ।