२६ माघ २०८२ सोमबार
image/svg+xml
अजित तिवारी


अजित तिवारीका लेखहरु :

हरितगृह ग्यास उत्सर्जनमा पुरुष ४०% बढी जिम्मेवार

अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता मार्काे स्प्रिङम्यानले भोजनले बचत, मानिसको तथा पृथ्वीको स्वास्थ्यमा समेत प्रभाव पार्ने भएकाले स्वास्थ्य र वातावरणमैत्री खानामा जोड दिनुपर्ने बताए।

राहत कोषमा रकम बढी, खर्च कमः अन्धाधुन्द वितरण

प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै कोराना रोकथाम र तथा राहत कोष बनाएका छन्। लकडाउन भएको तीन साता हुन लाग्दाँ पनि राहत कोषको रकम न्यूनमात्रै खर्च भएको छ। बिपन्न परिवार, मजदुरको एकिन तथ्यांक लिएर व्यवस्थित रुपमा बितरण हुन सकेको छैन।

असुरक्षित क्वारेन्टाइन: समूहमा बस्नुपर्ने बाध्यता, तीन जनाले ओढ्छन् एउटै सिरक

संभावित मान्छे आफूपनि सुरक्षित होस र यदी संक्रमण भएको भए अरुलाई पनि नसार्न सकोस भनेर क्वारेन्टाइनमा राख्ने गरिएपनि याहाँका क्वारेन्टाइन र क्वारेन्टाईनमा बस्नेको कथा बेग्लै छ।

जिल्ला सदरमुकाममा घट्यो चहलपहल

सदरमुकाममा चहलपहल घटेपछि चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी व्यवसाय संकटमा परेको उनी बताउँछन्। दुई वर्षअघिसम्म सदरमुकाम गोठालापानी, शाहीलेक गडी बजार क्षेत्रमा निकै चहलपहल हुन्थ्यो।

उपचार खाेज्न प्रदेशबाहिर

गौरीगंगा नगरपालिका–७ मटुकौनाका रणबहादुर बमले छोरी राधिकाको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याए। डाक्टरले चार दिन अस्पतालमै राख्दा पनि रोगको निदान हुन सकेन। अन्ततः उपचार सम्भव नभएको भन्दै बिरामीलाई भारतको लखनउ रेफर गरियो। त्यहाँ रणबहादुरले ६० हजार भारतीय रुपैयाँ खर्च गर्दा पनि उपचार सम्भव भएन। केही सीप नलागेपछि एम्बुलेन्स रिजर्भ गरेर लखनउबाटै उनले बिरामी छोरीलाई बाँकेको कोहलपुर पु¥याए। कोहलपुरमा ४० हजार रुपैयाँमै राधिकाको उपचार सम्भव भयो।

अब्बल बन्दै सामुदायिक विद्यालय

अस्थायी राजधानी धनगढीमा रहेको पन्चोदय उच्च माविले चालु शैक्षिक सत्रका लागि निजी विद्यालय छाडेर भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना गर्न सकेन।

पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो।

विपन्नलाई भान्सा चलाउनै मुस्किल

दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन्। केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ।

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

सीमावर्ती भारतको बथनाहास्थित मीरगञ्ज पुलबाटै ६० टन क्षमताका क्लिंकर बोकेका चारवटा टिप्पर सोमबार साँझ नेपाल भित्रिएका छन् । पैसा असुली गरेर भारतीय पक्षले २० टन क्षमताभन्दा बढीका मालवाहक गाडी पुलबाटै आउन दिइरहेको नेपाली आयात–निर्यातकर्ताको आरोप यो घटनाले पुष्टि गरेको छ।

नमुना प्रदेश बनाउने उद्‍घोष

प्रदेश नम्बर १ को पहिलो बैठकमा बोल्दै सांसदहरुले नेपालकै नमूना प्रदेश बनाउने उद्‍घोष गरेका छन्। साधन–स्रोत र प्राकृतिक सम्पदामा धनाढ्य रहेको प्रदेश १ लाई ‘साँच्चिकै १ नम्बर प्रदेश’ बनाउने उनीहरुले अठोट व्यक्त गरे।

३२ इन्चकी मालती, नेपालकै ‘होची’ महिला

मोरङ, सुन्दरहरैंचा नगरपालिका–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले नागरिकताको सिफारिस लिएर कार्यकक्षमै पुगेकी मालती ऋषिदेवलाई देख्दा छक्क परे । हातमा कागजपत्र बोकेर टेबुलमुनि आइपुगेकी मालतीलाई श्रेष्ठले कुनै ‘बच्चा’ भनी ठानेका थिए ।

६ महिनामा १४ अर्ब राजस्व

बाढीले भाँसिएको भारतीय पुलले विराटनगर भन्सार कार्यालयको प्रभावित भएको राजस्व असुली पछिल्लो चार महिनामा लय समातेको छ । साउनको अन्तिम साताको बाढीले सीमावर्ती जोगबनी–बथनाहाको मध्यभागमा रहेको मीरगञ्ज पुल भाँसिदा साउन र भदौमा राजस्व असुली प्रभावित भएको थियो ।

प्रदेश १ : बलियो स्रोतसाधन

संसारकै अग्लो ठाउँ सगरमाथा र गहिरो स्थान केचना पाएको प्रदेश नम्बर १ मुलुकका अन्य प्रादेशिक संरचनाभन्दा स्रोत–साधन सम्पन छ । नेपालको राजनीतिक बिरासतमा अग्लो कद राखेको प्रदेश नम्बर १ जलविद्युत्, खाद्यान्न, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ ।

लालबाबुको चुनाव खर्च १३ लाख १६ हजार

मोरङ निर्वाचन क्षेत्र ६ बाट कांग्रेस उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका एमाले नेता लालबाबु पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै पनि ‘अभावपूर्ण’ खानपिन र हिँडडुल गरे ।

राजधानी तानातानमा सांसद

पुस पहिलो दिनदेखि पूर्वी नेपालमा चिसो ह्वात्तै बढेको छ । गरिब–विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोगिन उनीहरूले ‘न्यानो’ खोजिरहेका छन् । मतदाताको जनजीविकाका यस्तैयस्तै मुद्दा उचालेर प्रदेशसभामा निर्वाचित सांसद (एमएलए) भने प्रादेशिक राजधानी आफूअनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्