३० चैत्र २०८१ शनिबार
image/svg+xml ४:५२ पूर्वाह्न
अजित तिवारी


अजित तिवारीका लेखहरु :

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

सीमावर्ती भारतको बथनाहास्थित मीरगञ्ज पुलबाटै ६० टन क्षमताका क्लिंकर बोकेका चारवटा टिप्पर सोमबार साँझ नेपाल भित्रिएका छन् । पैसा असुली गरेर भारतीय पक्षले २० टन क्षमताभन्दा बढीका मालवाहक गाडी पुलबाटै आउन दिइरहेको नेपाली आयात–निर्यातकर्ताको आरोप यो घटनाले पुष्टि गरेको छ।

नमुना प्रदेश बनाउने उद्‍घोष

प्रदेश नम्बर १ को पहिलो बैठकमा बोल्दै सांसदहरुले नेपालकै नमूना प्रदेश बनाउने उद्‍घोष गरेका छन्। साधन–स्रोत र प्राकृतिक सम्पदामा धनाढ्य रहेको प्रदेश १ लाई ‘साँच्चिकै १ नम्बर प्रदेश’ बनाउने उनीहरुले अठोट व्यक्त गरे।

३२ इन्चकी मालती, नेपालकै ‘होची’ महिला

मोरङ, सुन्दरहरैंचा नगरपालिका–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले नागरिकताको सिफारिस लिएर कार्यकक्षमै पुगेकी मालती ऋषिदेवलाई देख्दा छक्क परे । हातमा कागजपत्र बोकेर टेबुलमुनि आइपुगेकी मालतीलाई श्रेष्ठले कुनै ‘बच्चा’ भनी ठानेका थिए ।

६ महिनामा १४ अर्ब राजस्व

बाढीले भाँसिएको भारतीय पुलले विराटनगर भन्सार कार्यालयको प्रभावित भएको राजस्व असुली पछिल्लो चार महिनामा लय समातेको छ । साउनको अन्तिम साताको बाढीले सीमावर्ती जोगबनी–बथनाहाको मध्यभागमा रहेको मीरगञ्ज पुल भाँसिदा साउन र भदौमा राजस्व असुली प्रभावित भएको थियो ।

प्रदेश १ : बलियो स्रोतसाधन

संसारकै अग्लो ठाउँ सगरमाथा र गहिरो स्थान केचना पाएको प्रदेश नम्बर १ मुलुकका अन्य प्रादेशिक संरचनाभन्दा स्रोत–साधन सम्पन छ । नेपालको राजनीतिक बिरासतमा अग्लो कद राखेको प्रदेश नम्बर १ जलविद्युत्, खाद्यान्न, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ ।

लालबाबुको चुनाव खर्च १३ लाख १६ हजार

मोरङ निर्वाचन क्षेत्र ६ बाट कांग्रेस उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका एमाले नेता लालबाबु पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै पनि ‘अभावपूर्ण’ खानपिन र हिँडडुल गरे ।

राजधानी तानातानमा सांसद

पुस पहिलो दिनदेखि पूर्वी नेपालमा चिसो ह्वात्तै बढेको छ । गरिब–विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोगिन उनीहरूले ‘न्यानो’ खोजिरहेका छन् । मतदाताको जनजीविकाका यस्तैयस्तै मुद्दा उचालेर प्रदेशसभामा निर्वाचित सांसद (एमएलए) भने प्रादेशिक राजधानी आफूअनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् ।

रिजाललार्इ काेइरालाकाे विरासत जाेगाउन चुनाैती

मोरङको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला लगातार तीनपटक चुनाव जिते । बढीमा दुईवटा चुनावी सभालाई मात्रै सम्बोधन गरेर भारी मतले जित्ने कोइराला र नेपाली कांग्रेसको लागि त्यो ‘सुरक्षित’ क्षेत्र थियो।

प्रमुख अजेन्डा ‘राजधानी’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मत माग्दै हिँड्दा अधिकांश मतदाताले सोध्छन्, दुई पटक जित्नुभयो, केके काम गर्नुभयो ? मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार कोइराला मतदातालाई सम्झाउँदै भन्छन्, ‘थुप्रै काम गरेको छु। ढल–नाला निर्माण, ६ लेनको सडक, चक्रपथको कालोपत्रे।’

मोरङ : कांग्रेस गढमा कडा टक्कर

राजनीति र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि र प्रदेश सभाको मतदान दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुँदैछ । देशभरमै सबभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

बिस्कुट र कन्फेसनरी उद्योग विरोधमा

भारत र तेस्रो मुलुकबाट आयात हुने चिनीको साबिक भन्सार महसुल ५० प्रतिशत बढाएर ‘स्वदेशी चिनी उद्योगलाई प्रतिस्पर्धी बनाइने’ कृषि विकास मन्त्रालयको निर्णयप्रति विस्कुट र कन्फेक्सनरी उद्योगीले असन्तुष्टि जनाएका छन् । यी दुवै उद्योगमा कच्चा पदार्थको रुपमा चिनी आवश्यक पर्छ ।

जुट मिलको सम्पत्ति खोस्न चलखेल

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलमा सरकारी स्वामित्वलाई कमजोर बनाउने ‘चलखेल’ भएको खुलेको छ । सरकारको दुई तिहाइ सेयरलाई अल्पमतमा पार्दै जुट मिलमा निजी क्षेत्रको पकड बढाउन सरकारकै एकजना सचिव र अर्का सह–सचिव संलग्न देखिएका छन्।

दाहाल ज्वाइँको टिकटले ‘खैलाबैला’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ मोरङबाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् । उनको सिफारिससँगै मोरङ माओवादीको असन्तुष्टि छताछुल्ल भएको छ ।

भारतको मीरगञ्ज पुलमा फेरि अबरोध : रि–रूटले मालवाहकको चाप

सीमावर्ती जोगवनीस्थित भासिएको मीरगञ्ज पुलबाट आयात–निर्यात फेरि रोकिएपछि रि–रूट गरिएको मालवाहक गाडीको चाप बढेको छ। तिहारको बिदापछि रि–रूटमा एकैपटक धेरै गाडि भित्रिँदा विराटनगरको साल्ट ट्रेडिङदेखि भन्सार यार्डसम्म गाडिमो ताँती लागेको छ।

पूर्वी नाका ठप्प पारेको भारतीय पुल (फोटो फिचर)

भारी वर्षाले साउनको अन्तिम साता पूर्वी नेपाल डुबानमा परे । पानीको बहाब र गहिराइ यतिबिध्न तीब्र थियो कि एक सयजना बढीको ज्यान नै गयो । धनमालको यकिन क्षतिको विवरण अझै सार्वजनिक भइसकेको छैन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्