प्रधानन्यायाधीश राजीनामाले विसंगति हट्लान्?
न्यायिक क्षेत्रका कतिपय विज्ञ र अनुभवीले प्रधानन्यायाधीशको राजीनामा मागिरहनुभएको छ। के उहाँहरूको पालामा यो समस्या थिएन?

न्यायिक क्षेत्रका कतिपय विज्ञ र अनुभवीले प्रधानन्यायाधीशको राजीनामा मागिरहनुभएको छ। के उहाँहरूको पालामा यो समस्या थिएन?
मान्छेको जीवन सामान्य अवस्थाबाट कसरी असामान्य हुन पुग्छ भन्ने उदाहरण हुन् लोकगायक खड्ग गर्बुजा। तत्कालीन दुर्गम जिल्ला म्याग्दीको मराङको रिख भैसीगोठमा जन्मे/हुर्केका गर्बुजाको विगत दर्दनाक, पीडाडायी, संघर्षशील छ। उनको आत्मकथाबाट प्रेरणा मिल्छ।
इतिहासविद कर्णबहादुर बानियाँले ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ प्रकाशन गर्नु भएको छ । बेनी नगरपालिका–५ भिरमुनीमा जन्मनु भई हाल भरतपुरमा बसोबास गर्नुहुने बानियाँको यो खोजमुलक पुस्तक सुन्दर कोसेली हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका मुख्य दलका शीर्ष नेताहरुसँग बिहीबार साँझ टेलिफोन सम्वाद गरेका छन्। बाम गठबन्धनले नेपालमा बहुमत ल्याएको अवस्थामा भारतीय प्रधानमन्त्रीले वर्तमान एवं भविष्यका प्रधानमन्त्रीहरुसँग सम्वाद गरेका हुन्।
प्रत्यक्षतर्फको मतपरिणाम अन्त्यतिर आइपुग्न लाग्दा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई तीव्रता दिएको छ। अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ।
करिब एक महिनादेखि चल्दै आएको निर्वाचन कार्यक्रम अन्तिमतिर अाइपुग्दा सोमबार बिहान बुढानिलकण्ठ नगरपालिका दुई नम्बर वडामा घरदैली गर्ने कार्यक्रम तय भएको थियो। पूर्व निर्धारित कार्यक्रम अनुसार हामी सबै बिहानैदेखि बुढानिलकण्ठको चपली क्षेत्रमा थियौं। गगन दाईको घरदैलोमा नेपाली काँग्रेसका स्थानीय कार्यकताहरु पनि सहभागी हुनुहुन्थ्यो।
छब्बीस लाख १५ हजार रुपैयाँ गदसहित प्रहरीले नुवाकोट भद्रटार-२ का २३ वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। सो परिमाणको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२९ गल्कोपाखाबाट आइतबार पक्राउ गरेको हो।
आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ। 'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'यो प्रारम्भिक परिणाम हो। खसेको मत प्रतिशत आँकडा अझ बढ्न सक्छ।'
गृह मन्त्रालयले मंगलबार गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवामा निर्वाचन आयोगले सहमति दिन अस्वीकार गरेको छ। आयोगले बिहीबार सो निर्णयप्रति असहमति जनाउँदै सरुवा निर्णयको सक्कल फाइल २४ घन्टाभित्र उपलब्ध गराउन गृह मन्त्रालयसँग अाग्रह गरेको छ।
प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। सरुवा हुनेहरुमा सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापा, नुवाकोटका जगदशीराज बराल तथा रसुवाकी सिडिओ हिरादेवी पौडेल छिन्।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो। 'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो',
मंगलबार बिहान ७ः३० बजेतिर नक्साल क्षेत्रमा बसोबास गर्ने अमिर श्रेष्ठ मर्निङ वाकबाट फर्किरहेका थिए। काठमाडौंको ठण्डीमा पशुपतिको एक फन्को लगाएर फर्किंरहँदा भगवती बहाल क्षेत्र चुनाबी घरदैलोले तातिसकेको थियो। चारतारे झन्डा बोकेका काँग्रेस कार्यकर्ता नागपोखरी जाने बाटोमा भोट माग्दै थिए। कोही गगन थापाको चुनाबी अभियानका लागि तयार पारिएको र्याप गीतमा अप्ठ्यारोसँग कम्मर मर्काइरहेका देखिए।
शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो। अब के गर्ने?
रेनमिन विश्वविद्यालय अफ चीन, अन्तर्राष्ट्रिय अध्ययनका निर्देशक प्रा.चेन सियाओले सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा भने, ‘चीनले नेपालका सबै राजनीतिक पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्छ। कुनै अमुक पार्टीलाई चीनको सहयोग रहँदैन।’
भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दा र निर्वाचन केन्द्रित रहेर कृष्ण ढुंगानाले उनीसँग काठमाडौंमा गरेको कुराकानीः
