coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छब्बीस लाख नगद बोक्ने श्रेष्ठ प्रहरी फन्दामा

काठमाडौं—छब्बीस लाख १५ हजार रुपैयाँ गदसहित प्रहरीले नुवाकोट भद्रटार-२ का २३ वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। सो परिमाणको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२९ गल्कोपाखाबाट आइतबार पक्राउ गरेको हो।

'राजस्वको विषय आकर्षित हुने देखिएकाले हामीले पक्राउपछि श्रेष्ठलाई राजस्वको जिम्मा लगायौं', डिएसपी पौडेलले नागरिकन्युजसँग भने।

काठमाडौं रानीबारी बस्दै आएका श्रेष्ठ आइतबार बा ८० प ५०३८ नम्बरको मोटरसाइकलमा सवार थिए। ठमेलतिर हुइँकीदै गर्दा उनलाई गोल्कापाखामा प्रहरीले रोक्यो। महानगरीय प्रहरी वृत्त लैनचउरको टोलीले खानतलासी लियो। सुरक्षा जाँचका क्रममा उनको साथमा रहेको झोलाबाट २६ लाख १५ हजार रुपैयाँ नगद र अरु केही बिल भर्पाइ भेटियो।

'सुराकीको सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। उनको साथमा भेटिएको रकमको स्रोत खुल्न नसकेकाले पक्राउ गरिएको हो', महानगरीय प्रहरी वृत्त लैनचउरका प्रमुख डिएसपी दीपक पौडेलले नागरिकन्युजसँग भने। प्रहरी बयानमा उनले नयाँ बसपार्कमा भ्यु टावर बनाउन सो रकम बोकेर हिँडेको बताएका छन्। प्रारम्भिक बयान लिएपछि प्रहरीले श्रेष्ठलाई राजस्वको जिम्मा लगाएको छ।

'राजस्वको विषय आकर्षित हुने देखिएकाले हामीले पक्राउपछि श्रेष्ठलाई राजस्वको जिम्मा लगायौं', डिएसपी पौडेलले नागरिकन्युजसँग भने।

२६ लाख बोक्न नपाइने हो?

प्रहरीले २६ लाख रुपैयाँसहित पक्राउ गरेपछि सो विषयले सर्वसाधारणमा जिज्ञासा बढाएको छ। 'के २६ लाख रुपैयाँ बोकेर हिँड्न नपाउने नै हो?', नेपाल प्रहरीकै आधिकारिक फेसबुक पेजमै सर्वसाधारणले जिज्ञासा राखेका छन्। (हेर्नुहोस् प्रहरीको फेसबुक पेजमा अाएका कमेन्ट)

'त्यत्रो रकम बोकेर हिँड्न नपाइने नै भन्ने त होइन। कानुनअनुसार १० लाखभन्दा बढी रकमको स्रोत देखिनुपर्छ', डिएसपी पौडेलले भने। राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा नगर्न सूचित गरेको छ। १० लाख रुपैयाँभन्दा बढीको कारोबार चेकबाट गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: ११ मंसिर २०७४ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App