coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिडिओ सरुवामा आयोगले दिएन सहमति

काठमाडौं—गृह मन्त्रालयले मंगलबार गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवामा निर्वाचन आयोगले सहमति दिन अस्वीकार गरेको छ। आयोगले बिहीबार सो निर्णयप्रति असहमति जनाउँदै सरुवा निर्णयको सक्कल फाइल २४ घन्टाभित्र अायोगलाई उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

तीन वटा जिल्लामा प्रशासनका कारण निर्वाचन गर्न अप्ठ्यारो परेको निष्कर्ष निकाल्दै गृहले मंगलबार सोलुखुम्बु, नुवाकोट र रसुवाका सिडिओको सरुवा गरेको थियो।

‘गृह मन्त्रालयले राप द्वितीय श्रेणीका छ जना कर्मचारीहरुको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र लेखी पठाएकोमा आयोगले सहमति प्रदान नगर्ने निर्णय गरेको छ’, आयोग प्रवक्ता नवराज ढकालले भने, ‘आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृहलाई निर्देशन दिएको छ।’

‘गृह मन्त्रालयले राप द्वितीय श्रेणीका छ जना कर्मचारीहरुको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र लेखी पठाएकोमा आयोगले सहमति प्रदान नगर्ने निर्णय गरेको छ’, आयोग प्रवक्ता नवराज ढकालले भने, ‘आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृहलाई निर्देशन दिएको छ।’

निर्वाचन सुरक्षाको विषयलाई लिएर गृहमन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सुरक्षा समिति बैठक बोलाएका थिए। सो बैठकमा सहभागी गृहका उच्च अधिकारीले प्रशासनकै कारण केही जिल्लामा निर्वाचन गराउन कठिनाई रहेको ब्रिफिङ गरेका थिए। गृह अधिकारीको ब्रिफिङ सुनेका प्रधानमन्त्री एवं गृहमन्त्री देउवाले तत्कालै निर्वाचन आयोगसँग अनुमति लिएर ती जिल्लाहरुमा सिडिओ सरुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। सिडिओको सरुवा भएकै दिन निर्वाचन आयोगलाई सहमति माग्दै गृहले पत्र पठाएको थियो। अायोगलाई पत्र पठाएकै दिन ती जिल्लाहरुमा नयाँ सिडिओहरु पठाइएको थियो।

गृहको पत्रमाथि बिहीबार निर्णय गर्दै आयोगले २४ घन्टाभित्र सरुवाको सक्कल फाइल माग गरेको हो।

आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि २०७४ भदौ १४ गतेदेखि निर्वाचन आचार संहिता लागू छ। निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नपाउने व्यवस्था निर्वाचन आचार संहिता २०७२ ले गरेको छ। यही प्रावधानमा आधारित भएर आयोगले सिडिओ सरुवामा असहमति जनाएको हो।

जवाफ पठाउने गृहको तयारी
निर्वाचनको पूर्वसन्ध्यामा सिडिओको सरुवामा अायोगले सहमति नदिएको चर्चा चलेपछि गृहमा बिहीबार यो विषय कसरी समाधान गर्ने भन्नेबारे छलफल भएको छ। अायोगको पत्रबारे चर्चा चले पनि बिहीबार ५ बजेसम्म आयोगको पत्र गृह मन्त्रालय पुगेको छैन।

'सिडिओको सरुवामाथि आयोगले २४ घन्टाभित्र जवाफ माग गरेको छ भन्ने हामीले पनि सुन्यौं', गृह प्रवक्ता नारायण शर्माले नागरिकन्युजसँग भने, 'आधिकारिक पत्र मन्त्रालयमा आइपुगेको छैन। पत्र पाएपछि छलफल गरेर जवाफ पठाउँछौं। अर्को निर्णय नभएसम्म अहिले गएकै सिडिओहरुले काम गर्नुहुन्छ।'

सिडिअाे सरुवा भएका जिल्लाहरुमा मंसिर १० गते अाइतबार निर्वाचन हुँदैछ।

गृहले मंगलबार सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापाको ठाउँमा सुनिल खनाल, नुवाकोटका जगदिशराज बरालका ठाउँमा वीरेन्द्र यादब तथा रसुवाकी हिरादेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई सरुवा गरेको थियो।  थापालाई मध्य क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा पठाइएको थियो। बराल गृह मन्त्रालय तानिएका थिए भने पौडेललाई त्रिभुवन विमानस्थल अध्यागमन सरुवा गरिएको थियो।

सरुमा परेका सिडिअाेहरु गृहमन्त्री जनार्दन शर्माको कार्यकालमा नियुक्तहरु हुन्।

प्रकाशित: ७ मंसिर २०७४ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App