८ वैशाख २०८१ शनिबार
राजनीति

‘गगन थापामाथि ताकेरै बम प्रहार’

चुनाबी घरदैलो कार्यक्रममा गगन थापा। फाइल तस्विरः प्रबिन कोइराला

करिब एक महिनादेखि चल्दै आएको निर्वाचन कार्यक्रम अन्तिमतिर अाइपुग्दा सोमबार बुढानिलकण्ठ नगरपालिका दुई नम्बर वडामा घरदैली गर्ने कार्यक्रम तय भएको थियो। पूर्व निर्धारित कार्यक्रम अनुसार हामी सबै बुढानिलकण्ठको चपली क्षेत्रमा थियौं। गगन दाईको घरदैलोमा नेपाली काँग्रेसका स्थानीय कार्यकताहरु पनि सहभागी हुनुहुन्थ्यो।

बम उहाँलाई नै लक्षित गर्दै विस्फोट गराइएको थियो। धन्न उहाँ छिटो छिटो हिँडेकाले बच्नुभयो। बमको छर्राले उहाँलाई पनि लाग्यो। उहाँ पनि घाइते हुनुभएको छ।

मध्यान्ह १२ बजेको हुँदो हो हामीले चपलीमा घरदैलो सुरु गरेको १० मिनेट भएको हुँदो हो। गगन दाई अघि अघि हुनुहुन्थ्यो। त्यति बेलै बम विस्फोट भयो। बममा समय मिलाएर पहिलै सेट गरिएको हुनुपर्छ। एक्कासि विस्फोट हुँदा के भयो कसो भयो सोच्नै पाइनँ। मैले त्यस्तो अनुभव यसअघि कहिलै गरेको थिइनँ। गगन दाई छिटो छिटो हिँड्नु भएकाले उहाँ क्रस हुनुभयो। तर बम उहाँलाई नै लक्षित गर्दै विस्फोट गराइएको थियो। धन्न उहाँ छिटो छिटो हिँडेकाले बच्नुभयो। बमको छर्राले उहाँलाई पनि लाग्यो। उहाँ पनि घाइते हुनुभएको छ।

अरु १० जनाभन्दा बढी बढी घाइते हुनुभएको छ। घाइतेहरुलाई समातेर गाडीमा हाल्न मैले सहयोग गरेँ। अहिलै सबै घाइतेलाई टिचिङ अस्पताल ल्याइएको छ। घाइतेहरु सबैको नाम के के हो मलाई थाहा छैन तर उहाँहरु गगन दाईसँगै घरदैलोमा हिँड्नेहरु नै हो। सबै घाइतेहरुको अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ।

(काँग्रेस नेता गगन थापाका सहयोगी सविन मुडभरिसँग कृष्ण ढुंगानाले गरेको कुराकानीमा आधारित)
 

प्रकाशित: १८ मंसिर २०७४ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App