अख्तियारको दायरामा ल्याउने तयारीले निजी क्षेत्र त्रसित
सरकारले निजी क्षेत्रमा हुने आर्थिक अनियमिततालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिन दायरामा ल्याउने तयारी गरेपछि उद्योगी, व्यवसायी त्रसित बनेका छन् ।
सरकारले निजी क्षेत्रमा हुने आर्थिक अनियमिततालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिन दायरामा ल्याउने तयारी गरेपछि उद्योगी, व्यवसायी त्रसित बनेका छन् ।
सरकारले चालु आवलाई विकास बजेट चार खर्ब ८ अर्ब रुपैयाँ छुट्याएको छ। आव सकिन एक महिना बाँकी हुँदा एक खर्ब २६ अर्ब रुपैयाँ मात्र खर्च भएको छ। यो लक्ष्यको तुलनामा ३० प्रतिशत हो। आयोजना सञ्चालन र खर्च गर्ने प्रणाली सुधार नगरेसम्म यथार्थ योभन्दा भिन्न हुनेछैन।
बैँक म्यानेजर कोरोना संक्रमित भएपछि १० दिनअघिदेखि बन्द गरिएको राष्ट्रिय बाणिज्य बैँक तौलिहवा शाखा अझैसम्म नखुल्दा ग्राहकहरु मर्कामा परेका छन् ।
जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र अुनमति पत्र नविकरण गराउन निर्देशन दिएको छ ।
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार पूर्णरुपमा खुलेको छ । चार दिनदेखि धनगढीको बजार व्यवसाय खुला रहे पनि ग्राहक भने बजारसम्म पुग्न सकेका छैनन् । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जानु र आम नागरिकमा कोरोना त्रास कायमै रहेकाले बजारमा ग्राहकहरू आउन सकेका छैनन् ।
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम मार्फत कोभिड–१९ को कारणले प्रभावित भएका महानगरभित्रका संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति अघि सारेको छ।
सरकारले गत सालको बजेट भाषणमा चालु आर्थिक वर्ष २०७६/७७ का लागि रासायनिक मल खरिद गर्न १० अर्ब बजेट विनियोजन ग¥यो। एक वर्षअघि नै रासायनिक मल किन्न बजेट सुनिश्चित भए पनि किसानले अहिले मल पाउन सकेका छैनन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामबाबुकुमार यादवले ‘मूल्य तोक्दैमा धान उत्पादन नबढ्ने बताएका छन् । उनले धान रोप्नुभन्दा अघि यसकाे मूल्य तोकिएकाले उत्पादन बढ्ने सरकारको आँकलनमाथि व्यंग्य गर्दै भने, ‘मूल्य तोक्दैमा धान उत्पादन बढ्छ ?’
गण्डकी प्रदेश सरकारले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसहित स्वास्थ्यमा र यसका अतिरिक्त कृषिलगायतलाई बजेटमा प्राथमिकता दिएको छ ।
सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ।
नेपाल धितोपत्र बोर्डले सेयर कारोबारलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिइएको छ ।
प्रतिपक्षी दलहरुले गण्डकी प्रदेशको बजेट परम्परागत र कार्यकर्तामुखी भएको आरोप लगाएका छन् । यही असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङद्वारा प्रदेशसभामा प्रस्तुत बजेटमाथि बुधबारदेखि प्रदेशसभामा सुरु भएको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका सांसदले कोरोनाविरुद्ध लड्नेगरी ल्याउनुपर्ने बजेट परम्परागत र कार्यकर्तामुखी भएको टिप्पणी गरेका हुन् ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । चीनले नाका सञ्चालनका लागि सहमति दिएसँगै नाका खुल्ने निश्चित भएको हो । कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।
खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान सामूहिक रुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । हालसम्म छुट्टा–छुट्टै नर्सरी उत्पादनका काम गर्दै आएका तल्लो टोल बंगुर पालन कृषक समुहमा आवद्ध किसान गाउँपालिकाको आर्थिक सहयोगमा सामूहिक रुपमा कागतीको नर्सरी उत्पादनमा लागेका हुन् ।
भारत तर्फ अबैत तरिकाले पठाउनको लागि बलिरापुरको दशगजा क्षेत्र नजिकै स्थानीयको घरमा राखिएको छोकडालाई बरामत गरिएको हो । बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले स्थानीय सुरेन्द्र साहको घरमा भारत तर्फ पठाउनको लागि बाहिरबाट ल्याएर राखिएको ३५ क्विन्टल छोकडा नियन्त्रणमा लिएको बताएका छन्।
पछिल्लो समयमा जुम्लाका नदिमा अवैद्य रुपमा नदिजन्य बस्तुको उत्खनन भइरहेको भन्दै नदिजन्य वस्तु उत्खनन अनुगमन समिति कठोर बन्न थालेको छ। पहिलो चरणमा यहाँका नदीमा भैरहेको उत्खनन कार्यको अनुगमन गरेको समितिले नदीजन्य वस्तुको उत्खनन वैद्यानिक रुपमा गर्न निर्देशन दिएको हो।
कोरोना संक्रमणका कारण चीनसँगका सीमा नाका बन्द हुँदा कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । लामो समयको बन्दाबन्दी (लकडाउन)का कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै सहुलियतको खाद्यान्न पठाउन पाएको छैन् भने दैनिक उपभोग्य वस्तु खरिद गर्ने नजिकका चीनका बजारहरू बन्द हुँदा उत्तरी क्षेत्रका जनताहरू खाद्य संकटमा परेका हुन् ।
कार्यालयले जेठ अन्तिमसम्ममा ८ अर्ब ८८ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । तर कार्यालयले हालसम्म ७ अर्ब ९८ करोड ४७ लाख मात्र राजस्व असुली गरेको छ । यो पनि चैत अगाडि नै उठेको हो । माघ महिना भन्दा अगाडि राजस्व संकलन भएअनुसार नाकामा नियमित कारोबार भइरहेको भए अहिलेसम्म वार्षिक लक्ष्य पूरा भइसक्ने देखिन्छ ।
विद्युत नियमन आयोगले नयाँ विद्युत् महसुल दर निर्धारण गरेको छ । आयोगको असार १ गते बसेको बैठकले २०७७ असारदेखि लागु हुने गरी विद्युत् उपभोक्त महसुल दर सार्वजनिक गरेको हो ।
किसानले सरकारी निकायबाट पाउने अनुदानका कार्यक्रम झन्झिटिलो भएको गुनासोबीच बागमती प्रदेश सरकारले सहज रुपमा किसानलाई अनुदान दिएर कृषि उत्पादन बढाउन बृहत् प्याकेज ल्याएको छ । आगामि आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत झन्झटिलो अनुदानका कार्यक्रम अन्त्य गर्दै स्थानीय तहको साझेदारीमा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन्। विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै यसको सामनाका लागि एकजुट भएर अगाडि बढ्न लागेका हुन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा फापरलाई ‘एक वडा एक उत्पादन’ कारुपमा खेती गर्ने तयारी गरिएको छ। पछिल्लो समय लोपोन्मुख बन्दै गए पनि बजार माग बढ्दो रहेको फापरलाई ‘एक वडा एक उत्पादन’का रुपमा खेती गर्ने तयारी गरिएको हो।
झन्झटिलो अनुदानका कार्यक्रमको अन्त्य गर्दै स्थानीय तहको साझेदारितामा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था