२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

सांसदको प्रश्न : मूल्य तोक्दैमा धान उत्पादन बढ्छ ?

प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामबाबुकुमार यादवले   ‘मूल्य तोक्दैमा धान उत्पादन नबढ्ने बताएका छन् । उनले   धान रोप्नुभन्दा अघि यसकाे मूल्य तोकिएकाले उत्पादन बढ्ने सरकारको आँकलनमाथि व्यंग्य गर्दै भने, ‘मूल्य तोक्दैमा धान उत्पादन बढ्छ ?’

 गत वर्षभन्दा यस धानकाे मूल्य २१२ रुपैयाँ प्रतिक्विटल बढाइएर  दुई हजार  ८ ८५  ताेकिएकाे छ । यादवले भने,  ‘यो मूल्यमा सरकारले नकिने व्यापारीले किन्छ । सरकारले पनि नकिने म किन्छु ।’ उनले सरकारले ताेकेकाे मूल्यभन्दा १५ रूपैयाँ बढीमा धान किन्ने बताएका छन्र ।

उनले भने,  ‘उत्पादनको उचित मूल्य नपाएकाले किसानले खेती  छाडेका होइनन् । यतिबेला धानको मूल्य निर्धारण होइन, मल, बीउ र सिँचाइ आवश्यक छ ।’ 

किसानले मल पाउन सकेका छैनन् । सरकारले किसानलाई मल र बीउ उपलब्ध नगराएकोप्रति यादवले आपत्ति जनाएका छन् ।  

त्यस्तै, यादवले किसानले २०७६-७७ को उखुको भुक्तानी नपाएको बताए । उनले भने,  ‘दुई वर्षअगडि बेचिएको उखुको पैसा सरकारले आधा बाँकी राखेको छ । उखुको पैसा सरकारले उपलब्ध गराओस् ।’ 

प्रकाशित: ४ असार २०७७ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App