तीजमा माइत आउने फुपूको तयारी
फुपू सुनाउँदै जानुहुन्थ्यो– ‘सात दिन अगाडिदेखि घाँस काटेर खात लगाएर आएकी छु, पञ्चमीको भोलिपल्टसम्म जति खुवाए पनि पुग्छ, वस्तुभाउलाई। पानी बोकेर गोठका गाग्री ताउलो समेत भरिदिएकी छु, कसैले कुँडो पकाएर खान दिए वस्तुभाउ मर्दैनन्।

