उत्सुकता र उत्साह । साथमा निर्भीक र हरदमसाथ दिन तत्पर साथी। केही महिनादेखि काठमाडौंभित्रै गुम्सिएर बसेकी मलाई यात्राका लागि योभन्दा धेरै के नै चाहियो र? यस्तै पृष्ठभूमिमा मेरो पदचापबाट अर्को यात्रा तय गर्ने निश्चिन्तता जागृत भयो। कोरोना कहरको दोस्रो लहर लक्षित लकडाउन खुकुलो पार्ने सरकारी निर्णयसँगै हर्षले मेरा खुट्टा भुईंमा थिएनन्। किनकि एउटा पृथक यात्राको परिदृश्य मस्तिष्कको कणकणमा सुरुवात हुँदै थिए।
यस्तैमा एक विहान सामाजिक सन्जाल नियाल्दै गर्दा एक हाइकिङ समुहको सिन्धुपाल्चोकको पाँचपोखरीबारे जानकारी सहितको पोष्टमा आँखा टक्क अडिएँ। त्यसपछि तुरुन्तै मेरो मनले त्यो गन्तव्यको उत्कट इच्छा प्रकट गर्यो । कोही जाँदै भए म पनि जान्छु है भन्ने भावार्थको ‘कमेन्ट’ तुरुन्तै गरेँ। त्यसरी जान दुई जना महिला मित्रहरू इच्छुक देखिनुभयो तर सामूहिक कुरा गर्दा कस्को के नमिल्ने त कसको के नमिल्ने अड्चनहरू देखिए।
यात्राका प्राकृतिक स्वागतकर्ता ढुंगाका काप र भुईं नै रंगीन बनाउने मौसमी फूलहरू चित्ताकर्षक थिए। रोमान्चकता र रमाइलोको बेजोड संगम समेटिएको यथार्थ वर्णन गर्न शब्दहरू मात्रै पर्याप्त छैनन्। साहसिक र सौम्य अनुभूति जागृत गराएको स्मरणयोग्य पाँचपोखरी यात्रा मानसपटलमा सदैव गुन्जिरहनेछ।
पुग्नुपर्छ भनेर मन–मस्तिष्कमा उभार उठेपछि एक्लै समेत यात्रा तय गर्न तम्सिने मैले प्राकृतिक छटाको दृश्यपान साथीसँग गर्नुको आनन्द छुटाउनै चाहिन । तुरुन्तै मन मिल्ने साथी हिरालाई सम्पर्क गरेँ। भूगोलको यात्रामा होस् या जीवनको यात्रा त्यहाँ मन मिल्ने साथीको महत्व निकै हुन्छ । उडान खुल्नासाथ काठमाडौं आउनु , पाँचपोखरी जानुपर्छ मात्र के भनेकी थिएँ , मेरो बोली भुईंमै खस्न नपाउँदै उताबाट सहमतिको जवाफ आयो।
भर्खरै बाढीको वितण्डा झेलेको मेलम्चीको बगर हुँदै जानुपर्ने हामीले सशंयको ‘स’ पनि मनमा नराखी असार १८ गतेलाई यात्राको साइत जुरायौँ। तयारीमा जुट्दै गर्दा यता आउन उडेकी मेरी साथीको उडान र काठमाडौं अवतरण पूर्व निर्धारित समयमा हुन सकेन । उनी भोलिपल्ट काठमाडौं आइपुगिन्। त्यसपछि रिजर्भ गरेको गाडीमा गुड्दै गन्तव्यपथतर्फ लम्कियौँ।
मेलम्ची, टिपेनी र भोटाङको बाटो हुँदै सिन्धुपाल्चोकको छिम्तीतर्फ लाग्यौ । बाटोमा गाडी बिग्रिएको कारण र बाढीले बगाएर व्यथित बनाएको मेलम्चीको अवस्था नियाल्न खोजेका कारण गतिमा केही कमी आयो । ठाँउठाँउमा अवरोध भएको बाटो छिचोल्दै राति करिब १० बजे छिम्ती पुगियो। सोही दिन १ घण्टा जति पैदल उक्लिएर देउरालीमा बास बस्ने योजना निकै ढिलोगरी छिम्ती पुगेकाले सफल हुन सकेन र त्यो रात छिम्तीमै बिताइयो।
पाँचपोखरी यात्राको सबैभन्दा सबैभन्दा प्रशंसनीय पक्ष स्थानीयले आगन्तुक र पर्यटकलाई गर्ने स्वागत, सत्कार र सम्मान रहेछ। यात्राको क्रममा पाएको आत्मीयता र सदाशयता भावले यात्रामा सुनमा सुगन्ध थप्यो।
बास बस्दा स्थानीयहरूबाट पाएको आतिथ्यता र सरलताको वर्णन गर्न यतिबेला मसँग पर्याप्त शब्द छैनन्। वर्षाको मौसममा मनसुन ट्रेक नै गर्ने अभिलाषा लिएर हिँड्दै गर्दा केही व्यवधान झेल्नुपर्ने आंकलन पहिले नै गरेका थियौं। तर आतिथ्यताको यो सौगात पत्याउन नसकिने थियो । यात्रामा मिलेको आतिथ्यताले मन मात्र हैन थाकेको जिउमा पनि शक्ति मिल्दो रहेछ ।
वरिपरिका हिमंश्रृखला र पाँचवटै पोखरी प्रष्टै देखिँदा केहीबेर निरन्तर हाम्रा आँखाहरू नचल्मलाई अडिइरहेका थिए। जीवनकै साहसिक र जुझारु एक यात्राको गन्तव्यमा भेटिएका खुशीहरू अनवरत थिए, अनमोल थिए।
दोस्रो दिनको पदयात्रा छिम्तीबाट नस्याम पाटीका लागि सुरु गरियो, सुरुवातमै भेटिएको आकर्षक झरना र यात्राको सिलसिलामा भेटिने प्राकृतिक सौन्दर्यका लहरहरू अतुलनीय थिए। झरनाको सौन्दर्य देख्दा ‘झर्नु त झर्नाजस्तै’ लाग्यो । छिम्तीबाट एक घण्टा जति उकालो लागेपछि देउराली पुगिने रहेछ, देउरालीमा पनि बस्नका लागि होटलको राम्रै व्यवस्था रहेछ। हामी चिया पिउन केहीबेर रोकियौं र एकैछिन गफियौं। होटलका साहुजीको सुमधुर स्वरमा गीत सुन्दा गजब लाग्यो।
देउराली डांडा (समुन्द्री सतहदेखि २२०० मिटर)मा करिब आधा घण्टाको बसाइपछि टुपिडाँडा (समुन्द्री सतहदेखि २३०० मिटर)को उचाईमा पुग्न पाइला चाल्यौँ। हामीसँगै १०÷१२ जना स्थानीय युवाले पनि गफिदै यात्रामा साथ दिनुभयो। उहाँंहरू काठ लिन हिँड्नुभएको रहेछ। तिनैमध्ये एक जना पासांगले पनि हामीसँगै पाँचपोखरी जाने निधो गर्नुभयो।
पाँचपोखरी यात्राको सबैभन्दा सबैभन्दा प्रशंसनीय पक्ष स्थानीयले आगन्तुक र पर्यटकलाई गर्ने स्वागत, सत्कार र सम्मान रहेछ। यात्राको क्रममा पाएको आत्मीयता र सदाशयता भावले यात्रामा सुनमा सुगन्ध थप्यो।
देउरालीबाट ३ घण्टा उकालो लागेपछि हामी टुपिडाँडा पुग्यौं। थकाइ मार्न र खाना खान त्यहीं एक घण्टा रोकिएपछि रात्रि विश्रामका लागि नस्यामपाटी पुग्ने दृढता लिएर पाइला बढायौ। बाटोमा भेटिने उपयुक्त स्थानहरूमा चिया र पानी पिउँदै अनि मनले देखेका उत्कृष्ट दृश्यहरू क्यामेरामा कैद गर्दै ६ घण्टाको पदयात्रा तय गर्यौँ।
दोस्रो दिनको पदयात्रा छिम्तीबाट नस्याम पाटीका लागि सुरु गरियो, सुरुवातमै भेटिएको आकर्षक झरना र यात्राको सिलसिलामा भेटिने प्राकृतिक सौन्दर्यका लहरहरू अतुलनीय थिए। झरनाको सौन्दर्य देख्दा ‘झर्नु त झर्नाजस्तै’ लाग्यो ।
जोगिदै गर्दा पनि जुकाको टोकाइ सहनुपर्ने उल्झनहरू आइलागे। बाटैभरि भेटिने प्राकृतिक झरनाहरू, भुईकाफल आदिमा रम्दै र वातावरणीय सुन्दरता दृश्यालोकन गर्दै नस्यामपाटी (समुन्द्री सतहदेखि ३७०० मिटर) पुगेर सो रात त्यहरुीँ बितायौँ। मोबाइल नेटवर्क साह्रै कमजोर रहेको त्यो ठाउँमा मोबाइल चार्ज गर्ने माध्यम सोलार र जेनेरेटर मात्रै रहेछ। चार्जको समस्या प्रत्यक्ष्य अनुभूत गरेकाले आउँदा दिनमा उपयुक्त व्यवस्था पहिले नै गर्नु सर्वोत्तम उपाय हो भन्ने पाठ पनि सिकियो। होटल बेलुकीको खाना खाएर केहीबेर होटल साहुजीका कुरा सुनेर रात्रीकालीन विश्राम गर्यौँ।
यात्राको तेस्रो दिन हाम्रो लागि सबैभन्दा महत्वपूर्ण थियो किनकि सबैभन्दा प्रतिक्षित र समग्र यात्राकै गन्तव्यबिन्दुतर्फ हामी मोडिने दिन थियो। नस्यामपाटीमा बिहानी चिया नास्ता खाएर पाँचपोखरीतर्फ सात घण्टा उक्लिदै गर्दा बाटाभरि देखिएका रंगीचंगी फूल र प्राकृतिक छटा अनुपम थिए। आँखाले आकाशतिर हेर्दा बादलका अनेक चित्रहरू कोरिएका थिए।
समुन्द्री सतहदेखि ४१०० मिटर उचाईमा अवस्थित पाँचपोखरी पुग्नासाथ छुट्टै आनन्दको रसस्वादन गर्दाको त्यो अन्तिम खुड्किलो मेरो मानसपटलमा अझै गुज्रिरहेको छ। त्यहीं रात बिताउने हामीलाई कतै मौसम नखुलेर खुला आकाश र दूरदूरका दृश्यबाट वञ्चित भइने पीर परेको थियो। तर, निराशाको कुनै ठाउँ नै रहेन। राति नै मौसम खुलेर भोलि बिहानको खुशीले आजै मन चंगा भयो।
मिर्मिरेको साँढे चार बजे खुलेको मौसमलाई स्वागत गर्न भ्यूप्वाइन्ट तर्फ सोझियौँ। वरिपरिका हिमंश्रृखला र पाँचवटै पोखरी प्रष्टै देखिँदा केहीबेर निरन्तर हाम्रा आँखाहरू नचल्मलाई अडिइरहेका थिए। जीवनकै साहसिक र जुझारु एक यात्राको गन्तव्यमा भेटिएका खुशीहरू अनवरत थिए, अनमोल थिए।
पाँचपोखरीबाट २०० मिटर जतिको दूरीमा रहेको भ्यूप्वाइन्टमा पुग्दा आफैलाई भाग्यमानी ठानियो किनकि निरन्तर जसो वर्षा हुने असार यामको त्यो सुन्दर बिहानीमा मौसम पूरै खुलेर आयो। निकै दिनदेखि आँखाको प्रत्यक्ष सम्पर्कबाट टाढा रहेको सूर्य प्रष्ट देखियो। पाँचवटै पोखरीसँगको प्रत्यक्ष साक्षात्कारमा खुशीको सीमा रहेन। मजाले खुलेका दोर्जे लाक्पा, फुर्वी छ्याच्चु (समुन्द्री सतहदेखि ६६३७ मिटर), मदिया (६२५७ मिटर), लागंटांग रेन्ज र जुगल हिमालको अवलोकनले दंग र गौरवान्वित हुँदै गर्दा भ्यूप्वाइन्टमा दुई घण्टा बिताएको पत्तै भएन। दृश्यावलोकपछि सोही दिन नै फर्किने र कम्तीमा छिम्तीसम्म पुग्ने सुर कस्यौँ।
यात्राका प्राकृतिक स्वागतकर्ता ढुंगाका काप र भुईं नै रंगीन बनाउने मौसमी फूलहरू चित्ताकर्षक थिए। रोमान्चकता र रमाइलोको बेजोड संगम समेटिएको यथार्थ वर्णन गर्न शब्दहरू मात्र पर्याप्त छैनन्। साहसिक र सौम्य अनुभूति जागृत गराएको स्मरणयोग्य पाँचपोखरी यात्रा मानसपटलमा सदैव गुन्जिरहनेछ।
प्रकाशित: ३० असार २०७८ ०९:०२ बुधबार