काठमाडौं जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन्। लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्ने छन्। सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो।
प्रकाशित: २२ मंसिर २०८२ १०:०८ सोमबार





