७ वैशाख २०८१ शुक्रबार
ब्लग

दलहरूको ‘गाईजात्रा’

कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर देशभर मनाइदै छ। तर कोरोनाकालभरि  मुलुकमा राजनीतिक दलहरूले भने दिनदिनै जस्तो चित्र–विचित्रका ‘गाईजात्रा’ निकालिरहेका छन्। नेवारी समुदाायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाईजात्रा मनाउँछन्। यता राजनीतिमा जब निष्ठा र सिद्धान्तको मृत्यु हुन्छ तब ‘दलहरुको गाईजात्रा’ चलिहरन्छ। यसका लागि  भाद्र कृष्ण प्रतिपदा कुर्नु पर्दैन।

यस पटक सबैभन्दा बढी गाईजात्रा नेपालका कम्यूनिष्ट पार्टीमा देखियो। मुलुकमा स्थिरता दिने नाराका साथ चुनाव जितेका नेकपा र नेकपा एमालेको एकता कोरोनाले मुलुक संकटग्रस्त बनाएको समयमा भंग भयो। सामाजिक दुरी कायम गर्नुपर्ने समयमा पार्टी पार्टीबिच भिड देखाउने ‘गाईजात्रा’ सुरु भयो।  

राजनीतिमा जब निष्ठा र सिद्धान्तको मृत्यु हुन्छ, तब गाईजात्रा चलिहरन्छ। यसका लागि भाद्र कृष्ण प्रतिपदा कुर्नु पर्दैन ।  

भदौ नजिकिँदै गरेर होला गाईजात्रा त्यतिकैमा रोकिएन। नेकपाबाट टुक्रिएको एमालेमा त झन् धेरै जात्रा देखिन थाले। गाईजात्रामा समेत अप्ठेरो लाग्ने व्यंग्यहरू पाँच दशकदेखि संगै रहेका नेताहरूमाझ नै चल्न थाल्यो। अझ यसमा केही पात्रको भूमिका त झनै विचित्रको देखियो। नेकपा एमालेमा चलेको जात्रा आज सोमबार गाईजात्राको बिच पनि चलिरहेको छ। नयाँ पार्टीका लागि माधव नेपालले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए पनि एकताका लागि भन्दै उनी पक्षमा रहेका केही नेता बालकोटमा वार्ता गर्दे छन्।  

गाईजात्रा कम्यूनिष्ट पार्टीमा मात्र हैन, नेपाली कांग्रेसमा पनि उत्तिकै देखिएको छ। महाधिवेशनको निहुँमा निस्कन सुर गरेको जात्रा सत्ता सञ्चालनसंगै केही रोकिएको देखिए पनि झाकी झुल्कने क्रम रोकिएको छैन। क्रियाशील सदस्यताका लागि पार्टी कार्यलमा सानेपामा आमरण अनसन बसेका नेता कार्यकर्ताको दृश्य होस या मन्त्री खान नेताहरूले गरेको वार्गेनिङ कुनै जात्राभन्दा कम देखिएको छैन।

नेवार समुदायको सास्कृतिक पर्व गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार विभिन्न कार्यक्रम  मनाएर सकिन्छ। यता राजनीतिमा देखिएको विकृतिको  ‘गाईजात्रा’ भने कहिले सकिन्छ यकिन छैन।  

यता फरक जात्रा देखाउने उदेश्यका साथ विवेक बोकेर आएको साझा पार्टीले पनि अन्ततः गाईजात्रा नै देखाउन थालेको छ। पार्टीका वरिष्ठ नेताहरूविच नै संघीयता र धर्मको विषयमा भएको मोटो विवादका माझ पनि पार्टी एकै भएर अगाडि बढ्ने नाटक चल्दै छ। राजनीतिको फोहोर फाल्न कमलपोखरीमा ओर्लेको यो पार्टी अन्तत कमलसहित डुव्ने खतरामा छ।

उता गाइचिन्ह लिएर चुनावमा लड्ने गरेको राप्रपामा गाइजात्रा नहुने त कुरै भएन। कहिले  गाइको पुच्छर कहिले राजतन्त्रको पुच्छर समाउँदै राजनीतिमा बैतडी पार गर्ने उनीहरुको कोशिष पनि कुनै जात्रा भन्दा फरक छैन। खासमा गाईजात्रा उपत्यकमा बढी मनाइने भएकाले सरकारले यसअघि उपत्यकमा मात्र सार्वजनिक विदा दिने गरेको थियो। यस पटक भने मुलुकभर विदा दिएको छ।  

यता फरक जात्रा देखाउने उदेश्यका साथ विवेक बोकेर आएको साझा पार्टीले पनि  अन्ततः गाईजात्रा नै देखाउन थालेको छ। राजनीतिको फोहोर फाल्न कमलपोखरीमा ओर्लेको यो पार्टी अन्तत कमलसहित डुव्ने खतरामा छ।

तराई क्षेत्रका राजनीतिक पार्टीमा पनि  गाईजात्रा देखिन थालेको छ। कसैले ल्याएको अध्यादेशले रातारात जुट भएका पार्टीहरू कसैले ल्याएको अध्यादेशका कारण दिनदहाडै फुटेका छन्। मधेशको हकहितका लागि भनेर चुनाव जितेकाहरू मन्त्री पदको बार्गेनिङमा अल्झिरहेका छन्।  

नेवार समुदायको सास्कृतिक पर्व गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार विभिन्न कार्यक्रम मनाएर सकिन्छ। यता राजनीतिमा देखिएको विकृतिको ‘गाईजात्रा’ भने कहिले सकिन्छ यकिन छैन।

प्रकाशित: ७ भाद्र २०७८ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App