पछिल्लो समयमा बाँकेको सन्तानेश्वर मन्दिर निकै चर्चामा रहेको छ। सन्तानेश्वर महादेव मन्दिर नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरेपहाडमा अवस्थित छ। केही समय अघिदेखि विभिन्न सामाजिक सञ्जालबाट यस मन्दिरको प्रख्यात बढेको हो।
हालको समयमा सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङलगायत नेपालका विभिन्न स्थानबाट घुम्न आउने मानिसहरुको तस्बिर सामाजिक संजालमा प्रसस्त देखिन्थ्यो। साथै भारतका विभिन्न स्थानबाट पनि आउने व्यक्तिको लहर कम नभएको मैले महसुस गरे।
सन्तानेश्वर मन्दिरको प्रचारप्रसार प्रसस्तरुपमा सामाजिक संजालमा देखेपछि मैलेपनि सन्तानेश्वर मन्दिर जाने योजना बनाए। तर सन्तानेश्वरको यात्राका बारेमा म अनविज्ञ थिए।
मेरो योजनाअनुरुप साथीहरुसँग मैले कुरा गर्दा सबैले आत्मसाथ गर्दै जाने निर्णय गरियो। जसअनुरुप सबैको समय पायक पर्ने गरी गत साउन ९ गते शनिबार सन्तानेश्वर जाने हाम्रो प्रतिबद्धता रह्यो।
प्रतिबद्धताअनुरुप हामीले सन्तानेश्व जानका लागि सबै तयारी पूरा गर्दै शनिबार बिहानै निस्कनका लागि म तयार थिए। तर संयोकवस हामी जान सकेनौं। जसको कारण थियो, हामीमाझ रहेको एकजना साथी बिरामी पर्नुभयो।
तर हामीले हाम्रो निर्णयलाई स्थगित गरेनौ। फेरि पुनः सन्तानेश्वर जाने निर्णय गरियो। जसअनुसार गत साउन १६ गते शनिबार हामी सन्तानेश्वर जाने कुरा भयो र फेरि योजनाबद्ध रुपमा सबै तयारी भयो।
सायद पहिलाेपटक सन्तानेश्वर जान हामी सकेनौ तर फेरि हाम्रो योजनाले सायद सन्तानेश्वर महादेशवल मेरो र मेरा साथीहरुको योजनालाई पूरा गर्ने भयो। हामी सन्तानेश्वर जनाका लागि सबैजना नेपालगन्जको बाँकेगाउँमा जम्मा भयौ।
सन्तानेश्वर जाने शनिबारको दिन बिहान अनुमानित ११ बजे हामी पाँचजनाले नेपालगन्जदेखि यात्रा सुरु गर्यो। सन्तानेश्वर मन्दिर नेपालगन्जबाट झण्डै ३५ किलोमिटर पूर्वी–दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडी भेगमा रहेछ। नेपालगन्जदेखि झण्डै १ घण्टाको मोटरसाइकल यात्रामापछि हामी सन्तानेश्वर मन्दिर जाने ठाउँमा पुग्यौ। जहाँ ठूलो होडिंग बोर्ड लगाइएको थियो।
शनिबारको दिन भएर होला सन्तानेश्वर जानेको घुइँचो धेरै थियो। पिच बाटोदेखि जंगलतर्फको केही समयको यात्रापछि सिमसिमे पानीले हाम्रो यात्रालाई रोक्न खोज्यो। सिमसिमे पानीको प्रवाह नगरी यात्रा निरन्तर दिने हामीले निर्णय गर्यौ र अगाडि बढ्यौ।
यात्रा बढ्दै जाँदा पानीले ठूलो रुप लिन थाल्यो। त्यतिकैमा रुखको फेदमा ओत लाग्ने निर्णय गर्यौ र ओत लागीरहँदा पनि पानीले हामीलाई पूरै भिजाईसकेको थियो। हामीसँग पर्याप्त समय नभएकोले रुझ्दै जाने निर्णय गर्यौ। हाँस्दै रमाउँदै हामी अगाडि बढ्यौ। जहाँसम्म मोटरसाइकल यात्रा गर्न सकिन्छ त्यहाँसम्म मोटरसाइकल लग्ने निर्णय हामीले गर्याैं।
केही समयको यात्रापश्चात बाटो अप्ठयारो भएकोले मोटरसाइकल पार्किङ्ग गरी हिँड्दै जाने निर्णय गर्यौ। बीच–बीचमा पसल भएकोले पार्किङ्ग गर्न हामीलाई सजिलो भएको थियो। तर जहाँसम्म हामी पुगेका थियो उक्त ठाउँसम्म पुग्न पानीले हिलाम्मे बनाएको बाटोलाई हामीले छिचोलेको याद सायद सधैं स्मरणमा रहने छ।
मानिसहरु हजारौकाे सख्यांमा आवतजावत गरिरहेका थिए। पानी परेकोले बाटो चिप्लो थियो। मानिसहरुको आवतजावत भएको हुँदा सबैसँग बाल्दै हाँस्दै यात्रालाई हामीले निरन्तरता दियौं।
पानी परेकाले सन्तानेश्वर जाने बाटोमा रहेको सानो खहरे खोलामा पानी भरिएको थियो। उक्त ठाउँमा केही यात्रीहरु स्कुटर बोकेर खोला तरिरहेको पनि दृश्य देखिएको थियो। यस्तै आउने जाने, महादेवको गीत गाउँदै हिँड्ने, बाटोबाटोमा फोटो खिच्दै हिँड्ने, एकअर्कालाई सहारा दिँदै हिँड्ने व्यक्तिको बाटोमा कमी थिएन।
लमसम एक घण्टा ३० मिनेटको हिँडाईपछि हामी सन्तानेश्वर महादेव मन्दिर रहेको फेदमा पुग्यो। म लगायत मेरा साथीहरुलाई लागेको थियो अब सन्तानेश्वर मन्दिर पुगियो। तर होइन रहेछ। त्यहाँ भएका व्यक्तिलाई सोध्दा उहाँहरुले डाँडाँको बाटो देखाउँदै करिब एक घण्टा समय पैदल यात्रामा लाग्ने बताए। हामी थकित भएर गलिसकेका थियाैं। अझ कति टाँढा होला भनेर एकअर्कालाई साेधिरहन थाल्याैं।
सही स्थानमा धेरै मोटरसाइकल पार्किंङ गरी राखिएका थिए। त्यहाँ दुई चारवटा पसल पनि थिए। तर उक्त ठाउँबाट बाटो भने पुरै उकोलो लाग्नु पर्ने रहेछ।
यहाँ सम्म पुग्दा अहिलेसम्म हामी त राम्रो बाटो हिँड्दै आईरहेका थियाैं जस्ताे भान भयाे मलाई। अनि गन्तब्यतर्फ लाग्न हामी पहाडको ठाडो बाटोतर्फ लाग्याैं। हिँड्ने क्रममा हाम्रा साथी पत्रकार बिक्रम बुढाक्षेत्रीलाई जुत्ता लगाएर हिँड्न अफ्टयारो भएपछि उहाँले जुत्ता फुकालेर खाली खुट्टा हिँड्न सुरु गर्नुभयो। अचम्मत मलाई यो लाग्योकी उहाँलाई पानीले भिजेको त्यो जुक्ता बोक्न धेरै कठिनाई भएकोले उहाँले आफ्नो जुत्ता बाटोमा नै राख्नुभयो। उहाँले आफ्नो जुक्ता हराउँछ भनेर एउटा जुत्ता एक ठाउँमा र अर्को जुत्ता अर्को ठाउँमा राख्नुभयो। किनकी कसैले जुत्ता भेटायो भने एउटा मात्र भेटाउँछ र लाँदैन भन्ने उहाँको तर्क थियो।
सोही क्रममा हाम्राे यात्रा फेरि थप ४० मिनेट पुगिसकेकाे थियो। हामी अलि डाँडाँमा पुगेका रहेछौं। त्यहाँबाट तल हेर्दा तराइका भागहरु देखिन सुरु भइसकेकाे थियाे। अब मलाई लागि रहेको थियो कतै हामी स्वर्गमा त आएनौ किनकी अहिलेसम्मको करिब दुई घण्टा बढी यात्रालाई सुस्ताउने दृष्य देख्न सुरु भएका थिए।
सोही दृष्य हेर्दै हामी करिब पूरा तीन घण्टाको पहाडी बाटो छिचोल्दै सन्तानेश्वर महादेवको मन्दिर दर्शनका लागि पुग्यौ। दर्शनका लागि मानिसहरुको घुइँचो थियो। त्यससँगै पानी पनि परिरहेको थियो। मन्दिर वरिपरी सबै भिर भएको हुँदा कतै चिप्लेर भिर तिर गइन्छ की भन्ने एउटा त्रास मेरो मनमा थियो। मन्दिर दर्शन गरी फर्कने निर्णय गर्यौ र फर्कियौ। मानिसहरुको जमात थियो। पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिर र वरिपरी हेर्दा देखिने हरियाली वातावरणमा मानिसहरु रमाई रहेका थिए।
कोही गीत बजाएर नाचेर रमाईरहेका थिए भने कोही टिकटक बनाइरहेका थिए। मानिसहरु पहाडको उकाले चढिरहँदा जति थकित देखिन्थे सन्तानेश्वर मन्दिर दर्शन गरेर फर्किंदा उनीहरुमा त्योभन्दा बढी हर्ष र खुसी देखिन्थ्याे।
हामीमा पनि त्यस्तै भएको थियो। बिहानदेखि भोकै भएर सबैलाई भोक लागि सकेको थियो। खाजा खाने निर्णय गर्यौ र खायौ। समयको अभावले गर्दा बिस्तारै फर्किने याेजना बनायाैं।
सन्तान नभएकाहरुले यहाँ गएर दर्शन गर्दा सन्तान लाभ हुन्छ भन्ने धार्मिक बिश्वास पनि यहाँ रहेको छ।
तर मलाई एउटै कुराले पिरोलिरहेको थियो। म जस्ता हजारौ व्यक्ति सन्तानेश्वर मन्दिरको दर्शन एवम् त्यहाँको वातावरणको लाभ उठाउन जाने गर्छन्। तर बाटोभरिको यात्रामा मैले धेरै ठाउँमा प्लाष्टिकसहित फोहोरका थुप्राहरू यत्रतत्र फालिएकाे देखे। जुन दृश्यले हामीलाई गिज्याइरहेकाे थियाे। मलाई लाग्यो हामी घुम्न आउने क्रममा प्रकृतिलाई बिगारिरहेका रहेछौं।
प्रकृति आफैमा धेरै सुन्दर छ। तर हामीले त्यसलाई दूषित बनाइरहेका छौं। याे नराम्राे पीडा मलाई कता कता लागिरह्यो र सँधै लागि रहनेछ।
प्रकाशित: २२ श्रावण २०७८ ०९:२९ शुक्रबार