प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी बस्तीमा डोजर चलाइएको र पीडितहरू अलपत्र परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार संसद् बैठकमा बोल्दै उनले भने, ‘अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उनीहरूलाई बेघर बनाइयो। अहिले कीर्तिपुर लगायतका ठाउँमा रहेका होल्डिङ सेन्टरमा राखिएका नेपाली नागरिकहरू खाना र पानीको अभाव भोगिरहेका छन्। उनीहरूले आन्दोलन गरिरहेको दृश्य देखिरहेका छौँ।’
पीडितहरूलाई तत्काल राहत र पुनर्वासको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले थपे, ‘यसपालिको बजेटमा सहर व्यवस्थापनका लागि बजेट छुट्याइएको देखिन्छ। पीडितहरू जहाँ थिए, त्यहीँ एउटा राम्रो सिटी प्लानिङ गरेर उनीहरूलाई फेरि पुनर्वास गराउँदा सरकारकै वाहवाही हुने थियो।’
सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सिमानासम्बन्धी विवादित अभिव्यक्ति दिएको भन्दै संसद्को रेकर्डबाट हटाउनुपर्ने माग पुन: दोहोर्याए छन्।
प्रकाशित: ३ असार २०८३ १२:३० बुधबार





