दैलेखको भगवतीमाई गाउँपालिका -२ स्थित सल्लेघारी जंगलमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नारायण नगरपालिका-४ निवासी ३२ वर्षीय शिभराज रेग्मी रहेका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार असार २ गते भएको घटनाबारे अनुसन्धान जारी रहेको छ। पक्राउ परेका रेग्मीलाई जिल्ला अदालत दैलेख बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ३ असार २०८३ २१:५२ बुधबार





