१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

चन्द्रागिरीमा टुक्रँदै 'नेपाल'

चन्द्रागिरी जहाँ पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरेको इतिहास छ। सोमबार रातीदेखि यसै डाँडामा बसेर औपचारिक रुपमा नेकपा एमाले टुक्र्याउने अन्तिम तयारी हुँदै छ। शाहले सुन्दर उपत्यका देखेर जुँगामा ताउँ लाउँदै राजधानीसंग मितेरी लगाउने योजना बुनेका थिए। यहि डाँडाबाट नेपाल(माधव नेपाल)ले एमालेमा के देखे कुन्नी, उनी उक्त पार्टी छाडेर अर्को पार्टीको लागि सनाखत गर्दै छन्।  

नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको बताएका छन्। सोमबार चन्द्रागिरी रिसोर्टमा बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले ओलीकै कारण पार्टी विभाजन हुनुपरेको बताए।  

लोकतन्त्रको लागि पार्टी फुट्नु नराम्रो मानिन्छ। पार्टी होस या मुलुक एक भएकै राम्रो  दुई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले चन्दागिरीमा  देखेको  नेपाल एकीकरणको सपना  आजको दिन पनि निकै रोचक लाग्छ। यसै डाँडामा बसेर नेकपा एमाले टुक्रिएको कथा पढ्दा भने इतिहासका विद्यार्थीलाई कस्तो अनुभव होला?  

यता, ओली पक्ष भने आफ्नो पार्टीको सरकार ढालेर विपक्षी पार्टीको सरकार बनाउन अगाडि बढेकै कारण पार्टीमा यस्तो अवस्था आएको बताउँछन्। पार्टीका समस्या पार्टीभित्रैबाट हल गर्नु पर्नेमा विपक्षीसंग मिलेर पार्टी सिध्याउने खेलमा लागेकाले केहीलाई कारबाही समेत गर्नु परेको उनीहरुको तर्क छ।

चन्द्रागिरिमा माधव नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को बैठक जारी रहँदा नेकपा एमालेले पनि ललितपुको च्यासलमा स्थायी कमिटीको बैठक राखेको छ। उता, उचाईमा बसेर नेपाल पक्षका नेता नयाँ पार्टी बनाउने योजना बुन्दै छन्। यता गहिराईमा बसेर तेस्रो धारका भनेर समेत चिनिएकाहरु ओलीसंग बसेर पार्टी एक बनाउने अन्तिम तयारीमा जुटेका छ्न्। बादलले उपत्यका ढाक्दै गर्दा नेकपा एमालेमा पार्टी जुट्ने तयारीभन्दा पनि फुट्ने तयारी बेजोड देखिएको छ। 

भन्नलाई त उचाईमा पुगेपछि तल सबैतिर समान देखिन्छ भन्छन्। तर चन्द्रागिरिको डाँडामा बसेर नेपालले पार्टीभित्र विभेद झनै बढी देखे। नेता कार्यकर्ताको मन भाडिएला भनेरै होला  उनी एमाले भित्र भएका विभेदको नयाँ पुराना कथा सुनाउँदै छन्। कथा सुन्नेको भिड बढ्दै गएको छ।

नयाँ पार्टी गठन गर्ने प्रकृया रोक्न केही नेता नलागेका होइनन्। तर असन्तुष्टीको यो भेललाई दुई चार नेताले थाम्न नसक्ने निश्चित छ। पार्टी एक बनाउन लामो समयदेखि सक्रिय भूमिका खेल्दै आएका बामदेव गौतमजस्ता पात्र पनि दल रोज्नु पर्ने अवस्थामा पुगेका छन्।  

भन्नलाई त उचाईमा पुगेपछि तल सबैतिर समान देखिन्छ भन्छन्। तर चन्द्रागिरिको डाँडामा बसेर नेपालले पार्टीभित्र विभेद झनै बढी देखे। नेता कार्यकर्ताको मन भाडिएला भनेरै होला उनी एमालेभित्र भएका विभेदको नयाँ पुराना कथा सुनाउँदै छन्। कथा सुन्नेको भिड बढ्दै गएको छ।  

लोकतन्त्रको लागि पार्टी फुट्नु नराम्रो मानिन्छ। पार्टी होस या मुलुक एक भएकै राम्रो। दुई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले चन्द्रागिरिमा देखेको नेपाल एकीकरणको सपना आजको दिन पनि निकै रोचक लाग्छ। यसै डाँडामा बसेर नेकपा एमाले टुक्रिएको कथा पढ्दा भने इतिहासका विद्यार्थीलाई कस्तो अनुभव होला? 

प्रकाशित: ८ भाद्र २०७८ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App