भोज खान हिंडेका खाए भाषण
कर्कश ध्वनि बेमौसमी बाजाको कान भो वैरो । ख्यालख्यालमा सडकमा छरिने नेपाली बानी। भाग्यो त्यो पर औषधि सम्झेर रोग बोकेर।
कर्कश ध्वनि बेमौसमी बाजाको कान भो वैरो । ख्यालख्यालमा सडकमा छरिने नेपाली बानी। भाग्यो त्यो पर औषधि सम्झेर रोग बोकेर।
यस्तै रहेछ जिन्दगी बुझ्न सकेन कसैले , मेरो आँसु खस्यो तर पुछ्न सकेन कसैले । माया के हो भन्ने कुरा कहिले सोच्ने सकिन, अस्मिता नै धन थियो लुट्न सकेन कसैले ।
सकारात्मक हुन्छन् गाली पनि,बुझेपछि बज्न थाल्छन् ताली पनि । विवेकको ऐना फुटेपछि भने, हालीमुहाली हुन्छन् महाजाली पनि।
लघुकथा समाज नेपालले लघुकथाको क्षेत्रलाई व्यापक बनाउन प्रदेश स्तरीय शाखा गठन गरेको छ । समाजका अनुसार प्रदेश १ मा लघुकथाकार ममता मृदुलको अध्यक्षतामा कार्य समिति गठन भएको छ।
साना दाँतहरूले बङ्गाराको अधिकार पाएकोमा खुसी मनाए । बङ्गारोको जस्तै चपाउँदै पनि गइरहे । बजारमा ढुङ्गा नमिसिएको दाल चामल पाउन गाह्रो थियो । एकदिन मान्छेले भातको गाँस हाल्दा अनजानवश दाँतको आकारको ढुङ्गा पनि चपायो । ढुङ्गाको भार कुकुर बङ्गारोलाई मात्रै पर्न गएछ । विचरा ! त्यो भार सहन नसकेर फेरि कहिल्यै नजोडिने गरी तीन टुक्रा भई भाँचियो ।
प्रिय , के तिमीलाई लाग्दैन, माया भन्नु खाली झझल्को मात्रै हो माया भन्नु मौन अभाव मात्रै हो माया भन्नु शून्य पीडा मात्रै हो फेरि यतिखेर, म तिम्रै खातिर सास फेरिरहेछु मलाई सम्झिँदा पहाडहरू हेर्नू !
म आमालाई खोर्सानी रोप्न, गोड्न, टिप्न सघाउँथेँ । मधेसको ठाउँ, गर्मी प्रचण्ड हुन्थ्यो । आमा र म दुवै पसीनाले निथ्रुक्क भिजेका थियौँ । खोर्सानीको बुटोमा पानी छर्कैको हुनाले बुटाभरि पानी थियो । अनि मैले आमालाई सोधेथेँ –आमा, यो खोर्सानीको बुटोले पनि हाम्रोजस्तै पसिना काढ्छ ?
गाउँका संस्कार र परम्परा भुलिसके शहरीया छोराहरूले ए छोराहरू , बूढो बाको सपना कहिले पूरा गर्छौ त !बा दौलत कमाउनुभन्दा पहिले त तिम्रा छोराहरूले सोच्नुपर्ने तिम्रो मलाम जाने भेटिएलान् मक्किएको बलो र ठुटे हलोसिवाय मेरो बाको सम्पत्ति केही रहेन रे,सिस्नु र कर्कलासँगै हरसाँझ मेरा बा भक्कानिदै छन् फर्की आउँछु धेरै धन ल्याउँछु भन्थ्यो छोरा त शहरको भिडमै हराउँदै छ ।
भारतीय चर्चित रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता कलाकार रुबीना दिलाइक बनेकी छिन्।१४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना बिग बोस सीजन–१४ को उपाधि आफ्नो पक्षमा पार्न सफल भएकी हुन्।
बिक्रम बरालको स्वरमा रहेको ‘गल्ती’को सफलतापछि बराल र सज्जा चौलागाईंको आवाजमा गीत ‘गल्ती २’ सार्वजनिक भएको छ। प्रदीप चापागाईंको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ।
मेरी बुढी लक्षणकी छे । काम खोज्न गएको पहिलो दिन नै कमाएर ल्याइछ । मेरी श्रीमती करुणा एकएक गर्दै कहिले रमेशजी, कहिले अनुराधा भाउजू र कहिले मेरो अनुहार हेर्न थालिन् । म भने करुणाको अनुहार हेरिरहेँ । अनुराधा भाउजूले करुणाले भेटेको पचास डलर आफूले पाएको भनेर हाम्रै अगाडि बोलेको झूट, रमेशजीको आफ्नो बुढीप्रतिको गर्वको खुसी र भेटेर हराएको पैसा एकएक गरेर मेरो मस्तिष्कमा नाचिरहे त्यो साँझ।
गत वर्षको जुन १४ मा सुशांत सिंह राजपूतले आत्महत्या गरेका थिए। यद्यपी उनको आत्महत्याको कारण भने अझै पनि खुल्न सकेको छैन। उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन समेत नसकेको भारतीय समाचारमा उल्लेख छ।
नदी नहुँदो हो त किनारासँगै बगर नहुन सक्छ, बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ। लाग्यो पिएर तनाव कम गर्छु भन्नु पनि बेकार थियो , मदिरा लिनुको विकल्प कसैको अफर नहुन सक्छ।
पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी शाहले नाचेको दुर्लभ भिडियो फुटेज सामाजि सञ्जालमा भाइरल बनेको छ।
समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले डायोस्पोरिक लेखनमा कृष्ण बजगाई निकै सक्रिय रहेको उल्लेख गरे । उनले भने, ‘ बाहिर मुलुक गएपछि धेरै लेखकहरू गुमनाम छन् । तर, बजगाई भने उत्तिकै सक्रिय छन् । उनले लघुकथाको शिल्पविधानलाई अँगालेर राम्रा लघुकथा लेखेका छन् । विविध विषयवस्तुमाथि लेखिएका उनको लघुकथामा राजनीतिक विसंगतिप्रति घनीभूत व्यंग्य रहेको छ ।’
बलिउड अभिनेत्री करीना कपूर खान दोस्रो पटक आमा बनेकी छिन्। भारतीय सञ्चार माध्यमका अनुसार करीनाले आइतबार २१ फेब्रुअरीमा ब्रिज क्यान्डी अस्पतालमा पुन: छोरा जन्माएकी हुन्। अंग्रेजी वेबसाइट टाइम्स अफ इण्डियाको समाचारका अनुसार करीना र उनका पति अभिनेता सैफ अली खानले गत वर्ष अगस्टमा करीना फेरि गर्भवती भएको कुरा जानकारी गराएका थिए।
विधुवी आइमाईले रङ खेल्न मिल्छ ? समाजले के भन्ला ? लाज शरम छैन ? तिमी जस्ती पोइ टोकुवी आइमाई भाउजू पाउनु, मेरो दुर्भाग्य हो ।
नदीले भन्योे, “सबैलाई आफ्नोभन्दा अर्काकै जीवन राम्रो लाग्छ । मेरो जीवन तिमीले सोचेजस्तो राम्रो कहाँ छ र । मान्छेले अनेक थरीका फोहोर खन्याइदिन्छन् । म हिंड्ने बाटोमा घरहरू बनाउँछन् अनि बाढीले बगायो भनी आरोप लगाउँछन् । कहिले तातोले पोलेर बाफ बनाउँछ । कहिले चिसोले खुम्च्याएर हिउँ बनाउँछ । सम्झ त, जनावरहरूको पेटमा पसेर दुर्गन्धित पसिना अनि पिसाब भई निस्कँदा मलाई कस्तो लाग्दो हो ! तथापि दुःख नमानी कर्तव्य ठानेर सहेको छु । त्यसैले खुशी छु ।”
धरहरा हालको सरकारभन्दा माथि उठ्यो घमण्डले । मानौँ , आधारबिनाको उचाइ नै सर्वमान्य हो । पद नमिल्दा सडक रोज्नेजस्तै सस्तो घमण्डमा उत्साहित भयो । यी सबै अवस्थाहरू घण्टाघरले एकएक गरी नियालिरहेको थियो।अचाक्ली भएपछि घण्टाघरले मुख फोर्यो – शरीर ढलेपछि शिर उठाएर के काम ? सबैको धरोहर भएर उठे पो देश उठ्छ ।
काठमाडौमा रहेको स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टरले सौन्दय व्यवसायीलाई यहाँ प्रशिक्षण दिएको थियो ।