coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

धारणा

लघुकथा

 एक दिन अगाडि मात्र हस्पिटलमा सुत्केरी भएकी आफ्नी पत्नीलाई डिस्चार्ज गरेर  घर पुरयाउनेबित्तिकै कैलाशले आमासंग भन्यो – आमा , मलाई  ज्वानुको गन्ध मन पर्दैन ।  उल्टी आउलाजस्तो हुन्छ । म पन्ध्र दिन जति  बहिनीकोमा बस्छु ।  उतैबाट जागिरमा आउनेजाने गर्छु है ।

 – त्यस्तो मन नै नपर्ने भए म के भनौ र बाबु।

त्यसरी नै तीनतीन पटकसम्म ज्वानो गन्हायो भनेर ऊ न्वारनसम्म बाहिर नै खाने बस्ने गर्दै आएको थियो। तर, योपालि भने कैलाशले घर छोडेको छैन। अफिसमा पन्ध्र दिनको बिदा लिएको छ ।  साथीसंग भनेर एक हाप टिन घ्यू , एक ग्यालेन शुद्ध तोरीको तेल र घोर्ले खसी पनि मगाएको । उसलाई आमाले पकाएर दिएको पटक्कै मन परेको छैन र आफै फुर्तिलो भएर सुत्केरीको स्याहारसम्भारमा खटिएको छ।

प्रकाशित: ९ फाल्गुन २०७७ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App