१५ चैत्र २०८० बिहीबार
कला

संवैधानिक पत्नी सार्वजनिक तथा अन्तरक्रिया

नियात्रा तथा लघुकथामा दखल राख्दै आएका लघुकथाकार कृष्ण बजगाईको लघुकथा संग्रह ‘संवैधानिक पत्नी’ विमोचन तथा अन्तरक्रिया एकसाथ सम्पन्न भएको छ । लघुकथा समाज नेपालको आयोजनामा सम्पन्न  सो कृतिको विमोचन उपस्थित लघुकथाकारहरूले एकैसाथ विमोचन गरे ।  

समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले  डायोस्पोरिक लेखनमा कृष्ण बजगाई निकै सक्रिय रहेको उल्लेख गरे । उनले भने, ‘ बाहिर मुलुक गएपछि  धेरै लेखकहरू गुमनाम छन् । तर, बजगाई भने उत्तिकै सक्रिय छन् ।  उनले लघुकथाको शिल्पविधानलाई अँगालेर राम्रा लघुकथा लेखेका छन् ।  विविध विषयवस्तुमाथि लेखिएका उनको लघुकथामा राजनीतिक विसंगतिप्रति घनीभूत व्यंग्य रहेको छ ।’  

साहित्यकार प्रमोद प्रधानले लघुकथा लेखनले व्यापकता लिँदै  गएको बताए । समालोचक डा विदुर चालिसेले बजगाईको लघुकथाहरूमा प्रस्तुतिता चमत्कार भएको बताए । उनले भने, ‘लघुकथाहरूको प्रस्तुतिमा चमत्कार छ । त्यसैले सबै लघुकथा पठनीय छ ।’ 

डा. लेखनाथ निरौललाले लघुकथामा मिथकीय प्रस्तुति बेजोड रहेको बताए ।  

कार्यक्रममा विवेक सिर्जनशील प्रकाशन प्रालिका विजयराज आचार्य, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ र सचिव तुलसीहरि कोइरालाले बजगाईको  लघुकथाकारिताबारे बोलेका थिए ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App