७ वैशाख २०८१ शुक्रबार
कला

पूर्व राजा ज्ञानेन्द्र र रानी काेमलले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल

क्याप्शन

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी शाहले नाचेको 'भिडियो फुटेज' सामाजिक सञ्जालमा 'भाइरल' बनेको छ। पूर्व रानी कोमलको ७१ औं जन्मोत्सवका अवसरमा झापाको एक होटेलमा राजपरिवारका सदस्यहरुको उपस्थितिमा ७ फागुनको साँझ पूर्व राजा र पूर्व रानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो।

भिडियोमा चाँदनी शाहको शब्द र तारा देवीको स्वर रहेको ‘शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म’ गीतमा पूर्व राजा र रानीले हात समाएर नाचेको दृश्य देख्न सकिन्छ। उनीहरुको नाचसँगैको माहोल निकै रोमाञ्चक बनेको देखिन्छ।  

त्यसपछि बजेको ‘सम्झना बिर्सना सलललल....’ गीतमा उपस्थित सबै जना एकसाथ नाचेको भिडियो देख्न सकिन्छ।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी शाहले नाचेको 'भिडियो फुटेज' :

प्रकाशित: ९ फाल्गुन २०७७ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App