६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
शिक्षा

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को पठनपाठन  असार १ गतेदेखी लागु गर्न निर्देशन दिएको छ। 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले आज एक सूचना जारी गर्दै देशभरका सम्पूर्ण शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यसको जानकारी गराएको हो।  

​माध्यमिक शिक्षा परीक्षा  २०८२ को नतिजा सार्वजनिक भइसकेकाले कक्षा ११ को नयाँ शैक्षिक सत्रको  पठनपाठन असार १ गतेदेखि सुरु गर्ने गरी तयारी गर्न मन्त्रालयले पत्र लेखेको थियो। केन्द्रले मातहतका सबै निकायलाई निर्देशन दिएको छ।  

प्रकाशित: ६ जेष्ठ २०८३ १७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App