३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

डा. मनोज शर्माले आजै प्रधानन्यायाधीशको शपथ लिने

संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका डा. मनोजकुमार शर्माले आजै प्रधानन्यायाधीशको पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा साँझ ६ बजेर १० मिनेटका लागि शपथ ग्रहणको समय तय गरिएको छ।

राष्ट्रपतिले उनलाई पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्था छ। 

मंगलबार दिउँसो संघीय संसद्को संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।

सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरूले उठाएका विभिन्न प्रश्न र उजुरीहरूको जवाफ दिएका थिए।

यो पनि पढ्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

 

प्रकाशित: ५ जेष्ठ २०८३ १६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App