२० श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीबाट काठमाडौतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायसमा सवार सिराहा मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम बरामद भएको छ।

उक्त लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बा.प्र.०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुलकुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेककुमार साहलाई पनि पक्राउ गरिएको छ।

त्यसैगरी, मोरङबाट काठमाडौतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका–६ का ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय सागर कार्कीलाई पक्राउ गरिएकोे छ। उनीहरूका साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ४३० ट्याब्लेट बरामद भएको छ। 

प्रकाशित: २० श्रावण २०८३ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App