५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

तीन दिने भ्रमण गर्न रवि भारत जाँदै

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्।

लामिछाने शुक्रबार (कात्तिक ६) देखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।

निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेका लामिछाने तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ कार्तिक २०८३ २२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App