२३ फाल्गुन २०७७ आइतबार
कला

बा, कस्तो विडम्बना यो

कविता

बा, कस्तो विडम्बना यो

म सानो छँदा मेरा बा भन्नुहुन्थ्यो  

छोरा त नभए घर सुनसान हुन्छ  

आज एकाएक लाहुुर पुग्ने सपना

अरबकतारको ढोका खुला देख्ने निर्दयी छोराहरू

आज त गाउँभरि महामारी फैलिएछ सुन्दैछु

पर्सितिर आइपुग्छन् रे डाक्टरहरू

आज फैलिएको महामारीको विकल्पमा  

बुढेसकालले छोएपछि मेरा बा

मदिरासँगको संगत, भट्टीकै  वास  

चाडवाडमा छोराहरूको प्रतीक्षा

कस्तो विडम्बना,  

बा तिम्रा छोराहरू गाउँ बिर्सदै छन्

गाउँगाउँमा पुग्ने योजनाको कुरा छाड

मुग्लान छिरेका छोराहरू गाउँ फर्काउनु छ

किनकि,  

गाउँका संस्कार र परम्परा भुलिसके शहरीया छोराहरूले

ए छोराहरू , बूढो बाको सपना कहिले पूरा गर्छौ त !

बा दौलत कमाउनुभन्दा पहिले त तिम्रा छोराहरूले

सोच्नुपर्ने तिम्रो मलाम जाने भेटिएलान्

मक्किएको  बलो र ठुटे हलोसिवाय  

मेरो बाको सम्पत्ति केही रहेन रे,

सिस्नु र कर्कलासँगै हरसाँझ मेरा बा भक्कानिदै छन्

फर्की आउँछु धेरै धन ल्याउँछु

भन्थ्यो छोरा त शहरको भिडमै हराउँदै छ ।

घर छोडिजाने छोरो धनसँग मिल्दैछ

कहिल्यै भोको र रोको देख्न नसक्ने मेरा बा आज

आफैं भोकाउँदै रोको पाए मेरा बा।

प्रकाशित: १० फाल्गुन २०७७ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App