७ वैशाख २०८१ शुक्रबार
कला

बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ।

गजल

नदी नहुँदो  हो त किनारासँगै बगर नहुन सक्छ,

बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ।

 

लाग्यो पिएर तनाव कम गर्छु भन्नु पनि बेकार थियो ,

मदिरा लिनुको विकल्प कसैको अफर नहुन सक्छ।

 

महँगी चुलिँदै गएपछि घरखेत बन्धकी राखियो ,

बाध्यता उस्तै थियो मुग्लान पस्नु रहर नहुन सक्छ।

 

खेप्नुपर्छ उतारचढाव जब घरिघरि अनायासै,

गन्तव्य नभेट्दासम्म नै कसैको कदर नहुन सक्छ।

 

मनले चाहँदैमा सबै चीज सहजै पाइँदैन मित्र,

विचार गर्नु कि कसैमा उसको नजर नहुन सक्छ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App