७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला

रुबिना दिलाइक बनिन् बिग बोसको १४ औं सिजनको विजेता

भारतीय चर्चित रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता कलाकार रुबीना दिलाइक बनेकी छिन्।१४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना बिग बोस सीजन–१४ को उपाधि आफ्नो पक्षमा पार्न सफल भएकी हुन्।

बिग बोसमा जानुअघि उनी भारतीय टेलिसिरियलमा सक्रिय थिइन्। बिग बोसको यो सीजनमा रुबीनाका श्रीमान् अभिनव शुक्ला पनि प्रतिस्प्रर्धी का रुपमा थिए।

यस्तै बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बन्न सफल भएका छन्। रियालिटी शोका होस्ट सलमान खानले विजेताको नाम घोषणा गरेका थिए।

बिग बोस भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शोको रुपमा चिनिन्छ। 

प्रकाशित: १० फाल्गुन २०७७ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App