coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भारत सरकारले दिवंगत अभिनेता सुशान्त सिंहको नाममा राष्ट्रिय अवार्ड दिँदै

भारत सरकारले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने जनाएको छ। भारत सरकारले यसको लागी तयारी सुरु गरिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

छोटो समयमै बलिउडमा लोकप्रिय बनेका अभिनेता सुशान्तको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको जानकारी गराएको छ।

गत वर्षको जुन १४ मा सुशान्तले आत्महत्या गरेका थिए। यद्यपी उनको आत्महत्याको कारण भने अझै पनि खुल्न सकेको छैन। उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन समेत नसकेको भारतीय समाचारमा उल्लेख छ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App