२३ चैत्र २०८१ शनिबार
image/svg+xml १४:४६ अपराह्न

स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’को परिचर्चा

स्रष्टा साँझ अमेरिकाले स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’ लघुकथा अन्तर्वार्ताहरूकाे परिचर्चा गरेको छ।

काँडाले घोचे सहन्थें होला, फूलले लछार्‍यो!

काँडाले घोचे सहन्थें होला फूलले लछार्‍यो,पराईले बिर्से सहन्थें होला आफ्नैले पछार्‍यो।

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ!

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ, दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ। वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।

स्रष्टाहरूलाई नारी स्रष्टा समाजबाट सम्मान अर्पण

नारी स्रष्टा समाज, काेशी प्रदेश, विराटनगरले स्रष्टाहरूलाई सम्मान अर्पिने भएकाे छ।

सीमापारिको नेपाल दोधारा चाँदनीमा पुग्दा

दोधारा चाँदनीको जमिनलाई चुमेर आदर प्रकट गर्ने क्षणमा खुशीले पुरिएँ म। सुवासित माटोका सुगन्धले मोहित मोहित भएँ। सुन्दरताले चुमेर रहेको स्थान दोधारा चाँदनी रहेछ भन्ने आभास भइरह्यो मलाई।

वादविवाद

उनले जुरुक्क उठेर भने, ‘गुरु, मलाई वादविवादको विषय नै मन परेन।’ - किन? उनले उल्टै गुरुलाई साेधे, ‘हजुर भन्नु त बुबा ठूलो कि आमा?’

जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्!

कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।

लघुकथासङ्ग्रह ‘उपहार’ र ‘थेरापी’ काे परिचर्चा

‘नमस्ते आधुनिक लघुकथा मञ्च’ ले लघुकथाकार यमुना प्रधानाङ्ग मुनाकाे ‘उपहार’ र गुप्तबहादुर श्रेष्ठको ‘थेरापी’ लघुकथासङ्ग्रहको परिचर्चा गरेको छ।

नेता जति सबै दलाल चोर लाग्छ मलाई!

किन होला देख्यो कि त बोर लाग्छ मलाई, लुटेरा र भ्रष्ट हरामखोर लाग्छ मलाई, जनतालाई चाहिँ रुवाएर आफ्नै भुँडी भर्ने, नेता जति सबै दलाल चोर लाग्छ मलाई।

लघुकथाकारहरू - ‘रोदन’ र ‘सगर’ लाई लघुकथा सम्मान

‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ले आफ्नो मुहार पुस्तिका पृष्ठको पाँचौं स्थापना दिवसको अवसरमा लघुकथाकारहरू - श्रीओम श्रेष्ठ ‘रोदन’ र दिलिप राई ‘सगर’ लाई सम्मान गर्ने निर्णय गरेकाे छ।

देश बन्ने भो!

कार्यक्रमको मध्यतिर लञ्च थियो। लञ्चको लाइनमा बसेकाहरूमध्येको एक सहभागीले भन्यो, ‘यसरी तारे होटलमा कार्यक्रम गरेर कसरी देश बन्छ?’

उपेन्द्रजी, जीवन अक्करे भीर मात्रै हो कि चितवनको समथर पनि?

मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरुमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई भित्रैदेखि छोएको थियो ।

व्यवहार

अहिले त्यो फोहोर छ सफा गरेपछि फोहोरो रहँदैन। हामी यहाँ कति दिनसम्म बस्नुपर्ने हो, बल्ल आएका छौं।

मैले नलगाएको घडी

बिहेमा पनि घडी दिने चलन छ, सायद ज्वाइँले समय अनुसार चलेर छोरीलाई सुख दिऊन् भनेर होला। तर मेरा ससुरालीलाई छोरीले सुखदुःख पाउने कुराको चासै नभएर होला कि मलाई घडी दिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्